coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भाजपाः हिजो, आज र भोलि

भर्खरै सम्पन्न भारतको आमचुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी(भाजपा)नेतृत्वको गठबन्धनले पुनःप्रचण्ड बहुमत ल्याएपछि एकथरीले त्यो यथार्थ आत्मसातै गर्न सकेका छैनन्। आफूलाई प्रगतिशील वा वामपन्थी भन्नेहरूदेखि उदार लोकतन्त्रवादी भन्नेहरूसमेत सम्मिलित सो जमातको अंशर वंश यहाँ नेपालमा पनि छ। ममता बेनर्जी जस्ता एकाध नेताबाहेक प्रतिद्वन्द्वी कांग्रेसलगायतका राजनीतिक दलका नेता सबैले जनादेशलाई विनम्रपूर्वक स्वीकार गरिसक्दा पनि त्यो जमातलाई चाहिँचुनाव परिणाम पचेको छैन। आफूलाई बुद्धिजीवी भन्ने उनीहरूभाजपाको चुनावी जीत, शक्ति आर्जन र द्रुत बिस्तार पछाडिका ऐतिहासिक र वस्तुगत कारणको विवेचना गर्न याअसमर्थ छन् या त अनिच्छुक। उनीहरूका विश्लेषणमध्ये ‘दक्षिणपन्थी उग्र राष्ट्रवाद’, ‘आक्रामक हिन्दुत्वको अजेन्डा’सत्यको नजिक भएपनि ‘बिकेका मिडिया वा पैसाको शक्तिको कमाल’, ‘अज्ञानी मतदाता’ र ‘लोकतन्त्रका कुरूप चेहरा’आदि भनाइलेउनीहरूको पूर्वाग्रह र कुन्ठामात्र दर्शाउँछ।

वास्तवमा वस्तुवादितालाई पूरै पन्छाएर यो कुरो‘पोलिटिकल्ली करेक्ट’ (राजनीतिकरूपले सही) हो र योचाहिँ होइन भनेर कुनै‘डग्मा’ को निर्माण ग¥यो र त्यसैका आधारमा राजनीतिक घटनाक्रम वा इतिहासको व्याख्या ग¥यो भने जन्मने बुझाइयस्तै हो। एउटा सरल उदाहरणले प्रष्ट पारौँ।माक्र्सका अनुसार मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास हो। जुन क्रममा हुने हिंसात्मक वा क्रान्तिकारी संघर्षमा सर्वहारा वर्गको जीत हुन्छ र त्यसपछिको कालखण्डमा सर्वहाराको अधिनायकत्वमा आधारित वर्गविहीन साम्यवाद आउँछ। अब यो ‘डग्मा’ अनुसार नै राजनीतिक घटनाक्रम वा इतिहासको व्याख्या ग¥यो भने तसाम्यवादी सत्ता आएर पनिढलेका पूर्वसोभियत संघलगायतसंसारका सबै मुलुकर पुँजीवादमा रूपान्तरित चीनमा भएका राजनीतिक–आर्थिक परिवर्तन संशोधनवादीहरूका षड्यन्त्रमात्रै हुन्छन्,समय र परिस्थितिका उपज हुंँदैनन्। र,यसो भन्नेहरू अहिले पनि थुप्रै छन्, जसरी कि भाजपाको जीतलाई ‘अज्ञानी मतदाता’ र ‘लोकतन्त्रका कुरूप चेहरा’ भनेर आत्मरति गर्नेहरू छन्।

भाजपा सफलताका रहस्य
कथित मूलधारका विश्लेषकहरूले भाजपाकोे हकमा पनि योचाहिँ पोलिटिकल्ली करेक्ट हो र योचाहिँहोइन भनी आफैँ निर्माण गरेको कथ्यका आधारमा नै समग्र मूल्यांकन गर्ने गरेका पाइन्छ। उसको विजय र बिस्तारको रहस्य (सिक्रेट) केलाउने खासै प्रयास गरेको पाइँदैन। यद्यपिभाजपाकोचुनावी विजय र समग्र ‘स्ट्रेन्थ’का सबै पक्षमा बिहंगम समीक्षा यो सानो आलेखमा सम्भव छैन। त्यसैले मोटामोटी दुई पाटाको यहाँ चर्चा गरिनेछ। एक हो, हिजोका दिनमा उसका प्रतिद्वन्द्वीहरूले जानी-नजानी सिर्जना गरेको हिन्दुहरूको शंका र आक्रोशको राजनीतिक ‘स्पेस’। जुन शक्तिशाली स्पेसलाई स्वाभाविकरूपले भाजपाले सर्लक्कै कब्जा ग-यो। अर्को हो–तीप्रतिद्वन्द्वीका तुलनामाभाजपाको संगठनात्मक, व्यवस्थापकीय र रणनीतिक कौशल र शक्तिकोश्रेष्ठता।

भाजपाले त्यसै चुनाव जितेको होइन। सरकार चलाउने मोदी र संगठन चलाउने अमित शाह दुवै आआप्mना काममा ‘पर्फेक्ट’ छन्। तर कहिल्यै आपसमा प्रतिस्पर्धा वा झगडा गर्दैनन्।

पहिलो पाटो
यसमा प्रमुख हो भारतीय कांग्रेस वा उसका सहयोगी दलहरूले७० वर्षदेखि निरन्तर र एक सूत्रीयरूपमा अपनाएको धार्मिक अल्पसंख्यकप्रतिको तुष्टीकरणको नीति, खासगरी मुसलमानप्रतिको।तुष्टीकरण आवरणमा मात्र होइन, सारमा समेत(जस्तोकि मुसलमान रिसाउलान् भनेर मुस्लिम ‘पर्सनल ल’मा आवश्यक सुधार गर्न नमान्नु, जबकि त्यो गर्नैपर्ने काम थियो र जसलाई समुदायभित्रका प्रगतिशीलहरूलाई विश्वासमा लिएर गर्न सकिन्थ्यो, जुन अवस्थामा रिसाउने केही मुल्लामात्र हुने थिए)।अबभाजपा कस्तो चलाख त भने रणनीतिकतवरबाट ३ तलाकको प्रतिगामी व्यवस्था खारेज गर्ने विधेयक ल्याएर मुस्लिम समुदायका पनि महिलाको भोट आफूलाई आउन सक्ने वातावरण उसले बनायो। प्रगतिशील ठहर्ने जुन कामआफूलाई प्रगतिशील भन्ने कांग्रेसलगायतका दलले गर्ने आँट कहिल्यै गरेनन्।

हो,कांग्रेसलेसुरुमा धार्मिक विग्रहले गरेरै देश विभाजन भएको इतिहासको तीतो सम्झेर मूलतः मुसलमानहरूप्रति ‘विशेष नरम’ नीति लिएकामा कुनै शंका छैन। तर यो नीतिको आवधिक समीक्षा गरिरहनुपथ्र्यो,यसका प्रभावर दुष्प्रभावबारेअध्ययन गरिनुपथ्र्यो। गरेन।बहुसंख्यक धार्मिक सांस्कृतिक समूहको समर्थन त त्यसैपनि (फर ग्रान्टेड) मिलिहाल्छ नि, खुसी पार्नुपर्ने समूह त यी हुन् भन्ने नीति अपनायो सधैँ। तुष्टीकरणको यो नीतिले पहिले कांग्रेसलाई भोट हाल्नेकतिपय हिन्दुलाईपनि भाजपालाई भोट हाल्ने बनाइदियो।

वास्तवमा गर्नुपर्नेचाहिँ अल्पसंख्यक समुदायको संरक्षण थियो ताकि उनीहरू बहुसंख्यक समुदायबाट नदबाइयुन्। उनीहरूविरुद्ध राज्यबाटै वा संरचनात्मक विभेद नहोस् भन्ने कुराको प्रबन्ध गर्नुपर्ने थियो। लोकतन्त्र समावेशी होस्भन्ने कुराको सुनिश्चितता गर्नुपथ्र्याे। तर त्योभन्दा अगाडि गएर उनीहरूलाई पुल्पुल्याउने र बहुसंख्यकको हित हेर्छौँ भन्ने दललाई निषेध गर्ने कामकांग्रेसले गरिरह्यो। खासगरी इन्दिरा गान्धीको पालामा ऊसँग अछूतको व्यवहार गर्ने तर अर्कोतिरसाम्प्रदायिक दल मुस्लिम लिगसँग भने स्थानीय स्तरमाठाउँठाउँमा चुनावी तालमेल गर्ने कामसमेत गरियो। नेहरु छउन्जेल यस्तो हुन्नथ्यो। जनसंघको पूर्ववर्ती हिन्दु महासभाका प्रमुख श्यामाप्रसाद मुखर्जी हुन् कि भाजपाको पूर्ववर्ती जनसंघका प्रमुख दीनदयाल उपाध्याय, उनी सबलाई आदर गर्थे। उनीहरूसँग सम्वाद गर्थे। राजनीतिक भिन्नता भएपनि गाली गर्दैनथे। तर इन्दिरा गान्धी रातदिन जनसंघलाई गाली गरेर थाक्दिन थिइन्। त्यस समयको एउटा प्रसिद्ध ‘जोक’के थियो भने भारतवर्ष भर कतै एउटा सानो दुर्घटना भएवा दैवी विपत्ति आइपरे पनि इन्दिरा गान्धीले त्यसका लागि कि जनसंघलाई जिम्मेवार ठहराउँथिन्कि त अमेरिकाको सिआइएलाई।

भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

एकातिर मुसलमानहरूको तुष्टीकरण, अर्कोतिर तुष्टीकरणको विरोध गर्नेलाई निरन्तर प्रताडित र निषेध गरिरहने इन्दिरा नीतिले समयक्रममा जुन आक्रोश बहुसंख्यक हिन्दु समुदायमा व्याप्त गरायो, त्यो नै भाजपाको सफलताको सबैभन्दा ठूलो ‘सिक्रेट’ र भावभूमि हो। जुनआक्रोश समुदायको ‘धर्मान्ध’, अनुदार र अपठित तप्कामा मात्र सीमित छैन, उच्च शिक्षित तह र तप्कामा पनि व्याप्त छ। अहिले आएर यो कुरा बुझेको कांग्रेसले तुष्टीकरणको नीति सच्याउन चाहेको÷खोजेको देखिन्छ। चुनावको पूर्वसन्ध्यामा राहुल गान्धीले मोदीकै जस्तो गरेर मन्दिर मन्दिर दर्शन र पूजा गर्दै हिंँडेको त्यही ‘रियलाइजेसन’को परिणाम हो।

दोस्रो पाटो
भाजपा अत्यन्त चुस्त, संगठित र ‘स्ट्रक्चर्ड’ दल हो। जसका नेता-कार्यकर्ता उसका प्रतिद्वन्द्वी दलका नेता÷कार्यकर्ताका दाँजोमा धेरै गुणा बढी अनुशासित, अत्यन्त मेहनती र आफ्नो दललाई ‘मिसन’ सम्झने, त्यसप्रति समर्पित, प्रतिबद्ध जमात हुन्। अनुशासनको एउट उदाहरण हेरौँ–चुनावको टिकट आफैँले पाउनुपर्नेस्थानीय नेता÷कार्यकर्ताकै दबाबमासमाजवादी–बहुजन समाज पार्टी(सपा–बसपा)को गठबन्धन र कांग्रेस उत्तर प्रदेशमामिल्न असफल भइरहँदा अर्कोतिर बिहारमा आफ्नो पार्टीले सहजै जित्ने आकलन भएको ठाउँका सिट पनि भाजपाले आफ्ना मित्र दल नीतिश कुमारको जेडियु र रामविलास पासवानको एलजेपीलाई छाडिदियो। तर यस्तोमा पनि एक ठाउँमा पनि भाजपाका बागी उमेदवार निस्केनन्। बरु उनीहरू सबैले सहयोगी दलका उमेदवारका लागि दिलोज्यानले ‘क्याम्पेन’ गरे र उनीहरूलाई चुनाव जिताए। कांग्रेसमा भएको भए ती प्रत्येक ठाउँमा एकभन्दा बढी बागी उममेदवार निस्किसक्थे।

लोकतान्त्रिक दल भइकन पनि भाजपा आजसम्म एकचोटि पनि नफुटेको, नचोइटिएको, सधैं एक रहेको दल हो। नेता-कार्यकता निरन्तर परिचालित भइरहने, खटिइरहने दल हो। निरन्तर प्रशिक्षित भइरहने उनीहरू आफ्ना ‘आयडोलग’ लालकृष्ण आडवाणीको गान्धीवादी समाजवाद र दीनदयाल उपाध्यायको एकात्मवादी मानवतावादको फरर्र व्याख्या गर्न सक्छन्। त्यसमा प्रश्न लिन र जवाफ दिन सक्छन्। यस्तो शायद अरु कुनै दलमा छैन। यहाँसम्म कि विचारधारा र क्याडरमा आधारित कम्युनिस्ट दलहरूमा पनि। उनीहरूको त यो चुनावमा पत्तै साफ भयो।

भाजपाले त्यसै चुनाव जितेको होइन। सरकार चलाउने मोदी र संगठन चलाउने अमित शाहदुवै आआप्mना काममा ‘पर्फेक्ट’ छन्। तर कहिल्यै आपसमा प्रतिस्पर्धा वा झगडा गर्दैनन्। दुवैको आपसी समन्वय हेर्दा यिनीहरूपूरै एकापसमा अन्तर्घुलित छन् जस्तो लाग्छ। उता क्षेत्रीय दलमध्ये धेरै एक व्यक्तिमा आधारित दल छन्। उत्तराधिकारको कुनै ‘प्लान’ नभएका ती नेताप्रधान दल ती नेताको शेषपछि छिन्नभिन्न हुने निश्चित छ। महात्मा गान्धी, नेहरु, अम्बेडकर र सरदार पटेल जस्ता नेताको बिरासत बोकेको, स्वतन्त्रता संग्राम हाँकेको, ७० वर्ष शासनमा रहेको देशको सबभन्दा पुरानो पार्टी कांग्रेस त झन गान्धी–नेहरु परिवारमात्र नेता हुने ट्रस्टी जस्तो भएको छ।

सय वर्षको बीचमा मोतीलाल नेहरुदेखि राहुल गान्धीसम्म ६ जना उही परिवारबाट अध्यक्ष भएछन्। र, राहुलबाट भएन भने फेरि उनकै बहिनी प्रियंका गान्धीलाई अर्कोचोटि अध्यक्ष बनाउने तयारी छ। जबकि राजीव गान्धीपछिका परिवारबाट आएका कुनै अध्यक्षले पनि आप्mनो योग्यता देखाउन सकेका छैनन्। भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्।स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

नरेन्द्र मोदीको प्रधानमन्त्रित्वर व्यक्तित्वलाई देखाएरै भाजपाले अर्को चुनाव पनि लड्नेछ भन्ने थाहा पाएका विपक्षीहरू यो ५ वर्षभरि उनको टक्करको प्रधानमन्त्रीको उमेदवार खोज्न, दिन, देखाउन विफल रहे। आपसी झगडा, स्वार्थ र पदको लोभले अर्को ५ वर्ष देश हाँक्ने सारथिको भन्ने प्रश्नलाई पूरै छलेर उनीहरूले चुनाव लडे। कथं प्रधानमन्त्रीको उमेदवारमा सर्वसम्मत भइहालेको भएपनि उद्दण्ड ममता बेनर्जी, भ्रष्ट र बिहारमा फिरौती राज चलाउने लालु यादव, अर्धशिक्षित र जातिवादी मायावती, लोहियाको समाजवादलाई क्षेत्रीय, पारिवारिक र यादवमय दलमा अवमूल्यन गराएका अखिलेश यादव,रातदिन मोदीले मेरो हत्या गर्दैछन् भनेर ट्विट गरेर प्रधानमन्त्रीसँग अशोभनीय मुठभेड गरिरहने केजरीवाल, तुलनात्मकरूपमा केही राम्रो भएपनि क्षेत्रीय राजनीतिबाट माथि उठ्नै नसकेका नवीन पटनायक र चन्द्रबाबु नायडु, कुनै नाम पनि मोदीसँग टक्कर लिने उचाइ र छविका नाम थिएनन्-छैनन्।

राहुल गान्धीलाईप्रधानमन्त्रीको उमेदवारका रूपमा प्रस्तुत गर्ने कुरामापनि माथि नाम लिइएकामध्येका धेरै त्यस कुराका विरोधी थिए।त्यसैले उनीहरूले प्रधानमन्त्रीको नाम दिन सकेनन्, बरुभाजपाले मोदीको नाममा चुनाव लडेको काउन्टरमामोदीको विरोधलाई चुनावको नारा बनाए, त्यो पनि मोदी चोर भन्नेस्तरमा ओर्लेर।उनीहरूसँग अर्को मुद्दा नै भएन चुनाव लड्ने। यस्तो नकारात्मक चुनाव क्याम्पेनलाई एक्काइसौँ शताब्दीको विश्वको सबभन्दा ठूलो लोकतन्त्रका जनताले खारेज गरे।

अबको बाटो
वास्तवमा मुद्दा, संगठन र नेतृत्व यी तीनै कुरामा भाजपासँग भिड्न सक्नेखालको नयाँकुरा वा पात्रनल्याउने हो भनेविपक्षीहरूको हिजो र आजकै हाल भोलि पनिहुनेछ। मोदी र उनको दलसमक्ष अब दुइटै मात्र चुनौती छ, तेस्रो छैन। विदेश सम्बन्ध र सुरक्षा क्षेत्रमा पहिले नभएका खासै नयाँचुनौती छैनन्। चुनौती दिने प्रमुख प्रतिपक्षी दल आफैँ थला परेको छ। दुई चुनौतीमध्ये पहिलो हो– उनीहरूले आफैँ प्रतिज्ञा गरेजस्तो द्रुत आर्थिक विकास गर्ने चुनौती। प्रतिज्ञा धेरै र उपलब्धि थोरै हुने भारत, नेपाललगायत तेस्रो विश्वका धेरै देशका शासकले सामना गर्नुपर्ने चुनौती। चुनावी विजय र संगठन बिस्तारमा सफलता पाएजस्तै आफ्ना स्ट्रेन्थ र चुनौतीरहितराजनीतिक अवस्थालाई कसरी यो चुनौती सामना गर्ने भन्नेमा उनीहरूले लगाउँछन् त्यसैमा उनीहरूको राजनीतिक भविष्य निर्भरछ।

दोस्रो चुनौती हो– अल्पसंख्यक, त्यसमा पनि खासगरी मुसलमान समुदायले महसुस गरेको केही यथार्थ र केही मनोवैज्ञानिक दुवैखाले असुरक्षाको भयबाट उनीहरूलाई मुक्त तुल्याउँंदै ती समुदायमा पनि क्रमशः आफ्नो ‘इनरोड्स’ बनाउने चुनौती। जसका लागि गौ रक्षक दस्ता भन्दै मान्छे कुट्दै, मार्दै हिँड्ने आफ्नै दलका तल्ला तहका कार्यकर्ता र आफ्नो राजनीतिक आधारभूमिका रूपमा रहेको राष्ट्रिय स्वयमसेवक संघका नेता÷कार्यकर्ता दुवैलाई विवेक र अनुशासनको ठूलै शिक्षा दिनुपर्ने हुन्छ। यो परीक्षामा उनीहरूचुकेमा, चुक्दै गएमा भाजपाको पतनमात्रै होइन, भारतले पनि ठूलो समस्या झेल्नुपर्ने हुनसक्छ।
(अर्को शृंखला ‘भाजपा जीतको असर नेपाल भारत सम्बन्धमा’)

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App