coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खानेपानीलाई ४३ अर्ब ४६

काठमाडौं -  सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले सोमबार आव ०७६/७७ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण सम्पन्न गर्न तथा दोस्रो चरणको याङग्री र लार्के खानेपानी आयोजनाको प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययनका लागि सात अर्ब  ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी आवभित्र ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । आगामी आवभित्रै नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै आधारभूत स्तरको सरसफाइ सुविधा सुनिश्चित हुने गरी स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । सरकारले आगामी आवमा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ । तराई मधेसका २० जिल्लाका खानेपानीमा विद्यमान आर्सेनिक प्रदूषणको समस्या दिगो रुपमा समाधान गर्न बजेट विनियोजन गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड
एक वर्षभित्रै ९२ प्रतिशत सर्वसाधारण समक्ष खानेपानीको पु¥याइने

तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिन बजेट विनियोजन गरिएको छ । सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गरिनेछ । ‘आधारभूत खानेपानी तथा सरसफाइ सुविधा प्राप्त गर्ने नागरिकको मौलिक हक कार्यान्वयन गर्न केही वर्षभित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने गरी खानेपानी तथा सरसफाइ कार्यक्रम अघि बढाएका छौं,’ बजेट वक्तव्यमा भनिएको छ, ‘नयाँ खानेपानी आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने तथा निर्माणाधीन सहलगानीमा आधारित आयोजना सम्पन्न गरिनेछ ।’ खानेपानी वितरण प्रणाली तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडको संस्थागत पुनर्संरचना गरिनेछ ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App