७ वैशाख २०८१ शुक्रबार
कला

साकेलामा रतन्छा प्रथम

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘वृहत साकेला सिली प्रतियोगिता’मा साकेला गाउँपालिका–२ रतन्छा प्रथम भएको छ।

गत मंगलबार सम्पन्न प्रतियोगितामा जिल्ला तथा जिल्ला बाहिरका प्रतिष्पर्धी समूहलाई पछि पार्दै रतन्छाले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ दोस्रो र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा तेस्रो भएका छन्।

‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ। यसको पुस्तान्तरण जरुरी छ।

आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटीका अध्यक्ष सिताराम राईले प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिएको बताए। विजेता समूहलाई प्रदेशसभा सदस्य रामकुमार राईले पुरस्कार प्रदान गरे।
किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगितामा खोटाङ र

उदयपुरका २१ टिमको सहभागिता रहेको थियो। विप्लव नेतृत्वको नेकपा माओबादीको बन्दका कारण जिल्ला बाहिरका कतिपय सहभागी आउन नसकेको आयोजकले जनाएको छ। ‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ। यसको पुस्तान्तरण जरुरी छ’, अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो लक्ष्य छ।’
कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, पदम थुलुङ, रेवत राई, उमेश राई (फुलन्देकी आमा)लगायतको कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो।

 

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App