बढ्दो बेरोजगारी र चिन्ता

बिहिबार, १६ जेठ २०७६, ०८ : ३९ रत्न प्रजापति

सरकारी तथा निजी क्षेत्रका कुनै पनि प्रतिष्ठानहरूमा थोरै संख्यामा मात्र रोजगारीको अवसर खुल्दा पनि अत्यधिक संख्यामा पर्ने आवेदनले मुलुकमा बेरोजगारहरूको संख्या बढेको देखाउँछ। पछिल्लो समय शिक्षित बेरोजगारी अझ भयावहरूपमा बढेको छ। मुलुकको शिक्षा नीतिले सीपमूलक र उद्यमशीलभन्दा ज्ञानमूलक र सैद्धान्तिक शिक्षालाई बढी जोड दिएका कारण शिक्षित बेरोजगारहरूको संख्या बढेको हो।

चालीस लाखभन्दा बढी नेपाली युवा कामका लागि विदेसिएका छन्। देशभित्रै पनि लोकसेवा आयोग, कोरियन भाषा परीक्षा अथवा अन्य कुनै पनि प्रतिष्ठानहरूमा थोरै संख्यामा खुल्ने रोजगारीको अवसर प्राप्त गर्न तँछाडमछाड गर्दै आवेदन दिने युवाको भीडलाई नियाल्दा मुलुकमा साँच्चै नै बेरोजगारीको अवस्था भयावह भएको अनुमान गर्न सकिन्छ। यो अनुमानलाई सरकारी तथ्यांकले नै पुष्टि गरेको छ।

केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४/७५ को नतिजाअनुसार नेपालमा बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ। पुरुषको बेरोजगारी दर १०.३ प्रतिशत रहेको छ भने महिलाको बेरोजगारी दर १३.१ प्रतिशत रहेको छ।

सर्वेक्षणको नतिजाअनुसार मुलुकमा १५ वर्ष वा सोभन्दा माथिको उमेरका जनसंख्या दुई करोड सात लाख ४४ हजार छ। यसमध्ये कुल श्रमशक्ति ७९ लाख ९४ हजार मात्र रहेको छ। यसअनुसार श्रमशक्तिमा सहभागिता दर ३८.५ प्रतिशत रहेको देखिन्छ। जसमा ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा संलग्न छन् भने नौ लाख आठ हजार जनसंख्या बेरोजगार छन्। यसअनुसार रोजगार जनसंख्या ३४.२ प्रतिशत मात्र रहेको देखिन्छ भने बेरोजगार जनसंख्या ११.४ प्रतिशत रहेको देखिन्छ, जसलाई नेपालको बेरोजगारीको दर भनिन्छ। श्रमशक्तिभन्दा बाहिरको जनसंख्या एक करोड २७ लाख ५० हजार छ। रोजगारीमा संलग्न जनसंख्यामध्ये सहरी क्षेत्रका ६९.२ प्रतिशत छन् भने ग्रामीण क्षेत्रका ३०.८ प्रतिशत छन्।

शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तिले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।

अघिल्लो श्रमशक्ति सर्वेक्षण २०६४/६५ मा बेरोजगारीको दर २.१ प्रतिशत मात्र थियो। त्योभन्दा पनि अघिल्लो श्रमशक्ति सर्वेक्षण २०५४/५५ मा बेरोजगारी दर १.८ प्रतिशत मात्र थियो। यसरी तुलनात्मकरूपमा हेर्दा पछिल्लो श्रमशक्ति सर्वेक्षणले देखाएको ११.४ प्रतिशतको बेरोजगारी दरले नेपालमा बेरोजगारीको अवस्था अत्यन्तै भयावह अवस्थामा पुगेको देखिन्छ। यद्यपि बेरोजगारीको परिभाषामा परिवर्तन गरी निर्वाहमुखी र आफ्नै उपभोगका लागि मात्र काम गर्ने श्रमशक्तिलाई रोजगारमा नसमेटिएका कारण बेरोजगारीको दर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यसअघि सातामा एक दिन काम गर्ने व्यक्तिलाई पनि रोजगार मान्दै आएकोमा अन्तर्राष्ट्रिय श्रम संगठनको परिभाषाअनुुसार त्यस्तो व्यक्तिलाई रोजगारमा गणना नगरिएको हो।

मुलुकको अर्थतन्त्रलाई औपचारिक र अनौपचारिक क्षेत्रमा बाँडेर हेर्ने गरिएको छ। सर्वेक्षणअनुसार ३७.८ प्रतिशत आर्थिक क्रियाकलाप औपचारिक क्षेत्रमा र ६२.२ प्रतिशत आर्थिक क्रियाकलाप औपचारिक क्षेत्रमा रहेको छ। यसैगरी, औपचारिक क्षेत्रको रोजगारीको हिस्सा १५.४ प्रतिशत मात्र रहेको छ भने अनौपचारिक क्षेत्रको रोजगारीको हिस्सा ८४.६ प्रतिशत रहेको छ। विशषगरी निजी क्षेत्रलाई अनौपचारिक क्षेत्र मान्ने गरिएको छ। उपर्युक्त आँकडाले अझै पनि मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रमा रोजगारीको हिस्सा औपचारिक क्षेत्रको भन्दा झन्डै छ गुणा बढी रहेको देखिन्छ। राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको १५औं योजनाको आधारपत्रमा औपचारिक क्षेत्रको रोजगारीको हिस्सा ५०.० प्रतिशत पु-याउने र बेरोजगारी दर ६.० प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ।

बेरोजगारी समस्या आर्थिक क्षेत्रमा एउटा दह्रो चुनौतीको रूपमा खडा भएको छ। आर्थिक वृद्धिका लागि श्रमशक्ति अत्यावश्यक मानिए पनि श्रमबजारमा उपलब्ध सबै श्रमशक्तिको उपयोग गर्ने क्षमता औपचारिक र अनौपचारिक दुवै आर्थिक क्षेत्रमा नभएका कारण बेरोजगारीको स्थिति बढेको हो। अन्ततः यही बेरोजगारीले नै आर्थिक वृद्धिका लागि अहिलेसम्म भएगरेका प्रयत्नहरूमा नकारात्मक प्रभाव पारेको र भविष्यमा हुने र गरिने प्रयत्नहरूमा समेत यस्तै नकारात्मक प्रभाव पार्ने देखिएको छ। 

श्रमशक्ति उत्पादनको तुलनामा आर्थिक क्रियाकलापहरू न्यूनरूपमा भएको र रोजगारी सिर्जना पनि न्यून मात्रामा भएकाले श्रमबजारमा उपलब्ध श्रमशक्ति बेरोजगार वा अर्धबेरोजगार बन्न बाध्य भएका छन्। बेरोजगारीको यस्तो समस्या संसारका अति कम विकसित मुलुकहरूदेखि अति विकसित मुलुकहरूमा समेत विद्यमान छ र बेरोजगारीले ती मुलुकहरूको अर्थतन्त्र निरन्तर प्रभावित पनि हुँदै आएको छ।

बेरोजगारीका धेरै कारणहरूमध्ये बेरोजगारहरूको जागिरे मनोवृत्ति एउटा मूल कारण हो। आफ्नो शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपको आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तितिर होमिएकाले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।

शिक्षितहरूको पहिलो प्राथमिकता नै जागिरे बन्ने हुँदा स्वरोजगारीका लागि कृषि र घरेलु तथा साना उद्योगलगायतका क्षेत्रमा उपलब्ध रोजगारीको अवसर उपेक्षित बन्ने गरेको छ। शिक्षित युवाले हलो–कोदालो छुनै नहुने संस्कारको विकास भएकाले एकातिर कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै गएको छ भने सेवा क्षेत्रमा रोजगारी खोज्ने जनशक्तिको चाप बढ्न गई बेरोजगारीको स्थिति भयावह बन्न पुगेको छ।






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad