७ वैशाख २०८१ शुक्रबार
खेल

खेलकुद विकासका लागि करिब ४ अर्ब

काठमाडौं – बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६÷७७ को बजेटअन्तर्गत सरकारले खेलकुद विकासका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

जारी गरेको बजेटअन्तर्गत सरकारले मूलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गर्ने योजनासहित १० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको बजेटमा सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सबै स्थानीय तहमा एक खेलग्राम निर्माण गर्नका लागि योजना सुनाएका छन्।

यस्तै सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्ने  योजना सुनाएको छ । त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख गरेको छ । यसै गरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमीसमेत निर्माण गर्ने र निजी क्षेत्रले लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ । यस्तै एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न सरकारले बजेट छुट्याएको छ ।

नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ । त्यसका लागि भौतिक पूर्वाधार निमार्णका लागि विशेष प्राथमिकता दिने उल्लेख गरेको छ ।  यसअघि गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेटमध्ये एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट थियो । यसमध्ये दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमा हुन नसक्दा उक्त प्रतियोगिता डिसेम्बरका लागि सारिएको थियो ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App