६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

पद तथा गोपनियताको शपथ लिँदै अरुणाञ्चलका मुख्यमन्त्री पेमा खान्डु । तस्बिर : एजेन्सी

नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

‘सम्माननीय गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले आयोजना गर्नु भएको शपथ ग्रहण समारोहमा ११ जना मन्त्रिसहित मुख्यमन्त्री पदको शपथ ग्रहण गरेको छु ।  म मनैदेखि पूर्ण जिम्मेवारीका साथ ‘मुख्य सेवक’ को पद स्वीकार गर्दछु,’ शपथ ग्रहणपछि मुख्यमन्त्री खान्डुले ट्विट गरेका छन् ।
अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिएका खान्डुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

‘अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिएका गतिशील पेमा खान्डुलाई हार्दिक बधाई । अरुणाञ्चल प्रदेशको गौरव र विकासलाई नयाँ उचाइमा पु¥याएके खान्डु र उनको समूहलाई शुभकामना । विशेषगरेर युवासहित राज्यका नागरिकका लागि मिलेर काम गर्ने प्रतीक्षा गरिरहेको छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।

असम, नागाल्यान्ड, त्रिपुरा, मणिपुर र मेघालयका मुख्यमन्त्रीहरुको उपस्थितिमा भएको शपथ ग्रहण समारोहमा असमका भाजपा नेता हिमान्त विश्व शर्माले पनि सहभागिता जनाएका थिए । लोकसभासँगै अरुणाञ्चलमा सम्पन्न भएको विधानसभा निर्वाचनमा भाजपाले कुल ६० मध्ये ४१ सिटमा जित हासिल गरेपछि खान्डु मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App