८ वैशाख २०८१ शनिबार
राजनीति

अहिलेको बजेट अनुशासित र सन्तुलित छः सांसद पौडेल

काठमाडौं–सरकारले प्रस्तुत गरेको बजेट समग्रमा अनुशासित सन्तुलित रहेको राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले बताएकी छिन्। बुधबार डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेका बजेटबारे उनले भनिन् ‘विशेष त शिक्षा, स्वास्थ्य र कृषिमा लगानीका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ। सरकारले बजेट ल्याउँदा वृद्धिदरलाई पनि फोकस गरेको छ। स्वदेशी उत्पादन, राजश्वलाई पनि फोकस गरेको छ।’

पहिला जनप्रतिनिधिबिहिन भएको अवस्थामा जनताहरु कहाँ जानेभन्दा सांसदहरुसँग गए। अनि सांसदले कोषमार्फत बजेट ल्याए। अहिले त्यसैले निरन्तरता पायो। तर सैदान्तिक रुपमा संघीय सांसदहरुको काम कानुन निर्माण गर्ने, ऐन बनाउने हो। विकासको काम सरकारले गर्छ, सांसदले कानुन र ऐन बनाउने गर्नुपर्छ भन्ने विस्तारै जनताले बुझ्छन। प्रत्यक्ष रुपमा निर्वाचित सांसदहरुले चुनावमा आश्वासन दिएकाले अहिले सांसद विकास पूर्वाधार कोषको रकम माग्नु स्वभाविक हो। स्थानीय सरकार बलियो भयो भने सांसदले यस्तो माग राख्दैनन् होला।

वृद्धवृद्धालाई जीवनयापनका लागि सहयोग पु-याउनु सरकारको दायित्व भन्दै उनले भनिन् ‘वृद्धा भत्ता बढाउनु सरकारको दायित्व पनि हो।’ वृद्धा भत्ता बढाउनु नै पथ्र्यो बढायो, राम्रो भयो। यसैले आर्थिक भार पर्दैन्।’ हाम्रो समस्या भनेको पैसा नभएकोभन्दा पनि खर्च गर्न नसकाले विकास कम भएको हो।

 

प्रकाशित: १५ जेष्ठ २०७६ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App