coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘बजेट असन्तुलित छ, कर्मचारीको तलब १८ प्रतिशत मात्रै, सांसदलाई ६ करोड दिने?’

काठमाडौं– पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले ल्याएको बजेट असन्तुलित रहेको बताएका छन्। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमाथि आफ्नो धारणा राख्दै पूर्वगभर्नर क्षेत्रीले कर्मचारीको तलब १८ प्रतिशत मात्र बढाउने र सांसदले पाउने रकम ५० प्रतिशत बढाउनुले बजेटलाई जबरजस्ती सन्तुलन गर्न खोजिएको बताए। 

‘जनताका कतिपय अपेक्षाहरुलाई पुरा गर्ने चेष्टा गर्दागर्दै पनि बजेट सन्तुलित दिशामा लैजानेगरी दबाबका साथ काम गरिएको छ’ उनले भने, ‘कर्मचारीको तलब १८ प्रतिशतले वृद्धि भएको छ, जबकी राजपत्र अनंकितका लागि २० प्रतिशत वृद्धि गरिएको छ। चारैतिर विरोध भएका कारण यो प्रयोग गरिएको हुनसक्छ।’

सांसदका लागि ४ करोडबाट बढाएर ६ करोड पुर्याउनु ५० प्रतिशतको वृद्धि भएको भन्दै जबरजस्ती सन्तुलित रुपमा ल्याउनुपर्छ भन्ने हिसाबले बजेट तयार पारिएको उनको भनाई छ।

प्रकाशित: १५ जेष्ठ २०७६ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App