बजेट बिशेष

मल खरिद अनुदान ५० प्रशितले वृद्धि

बुधबार, १५ जेठ २०७६, १८ : ५१ नागरिक

काठमाडौं– सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिडाले आगामी आर्थिक वर्षको बजेटमा सरकारले रासायनिक मद खरिदको अनुदानमा ५० प्रतिशतले वृद्धि गरि ९ अर्ब पुर्याएको बताएका हुन्।

कृषि तथा पशुपंक्षी क्षेत्रको विकासका लागि सरकारले ३४ अर्ब ८० करोड रुपैया छुट्याएको छ। प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा नया कृषि अनुसन्धान केन्द्रको स्थापना गरिने भएको छ। सामुहिक, सहकारी, कबुलियति र करार खेतीमा युवाहरुलाई प्रोत्साहित गर्न ५० करोड रुपैया विनियोजन गरिएको छ।

प्रधानमन्त्री कृषि आयोजनालाई पुर्नसंरचना गरि विस्तार गर्न ८ अर्ब १० करोड विनियोजन गरिएको छ। जोनहरु विस्तार गरि ४९ जोन मार्फत ६९ हजार हेक्टरमा कार्यक्रम संचालन गरिने भएको छ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ४ अर्ब ७७ करोड विनियोजन गरिएको थियो। भु–चक्लाबन्दी मार्फत सामुहिक, सहकारी र  करार खेतीलाई प्राथमिकता दिई अनुदान, प्राविधिक सहयोग र मेसिनरी आयातमा कर छुटको व्यवस्था गरिएको छ।

मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गर्न साना किसान विकास बैक मार्फत परियोजना कै धितोमा सहुलियत पुर्ण कर्जा प्रवाह गर्न १ अर्ब विनियोजन गरिएको छ। उखु उत्पादक किसानहरुलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने नीति अनुरुप ९५ करोड रुपैया विनियोजन गरिएको छ। आगामी ५ बर्ष भित्र फलफुल बालीले ढाकेको क्षेत्रफल दोब्बर बनाउने गरि फलफुलको विरुवा उत्पादन र वितरण कार्यक्रम संचालन गरिने भएको छ । संभावना अनुसारको फलफुल खेती वृद्धि गरिनुको साथै माटोको परीक्षणलाई निरन्तरता दिने तथा कौशि खेतीलाई प्रोत्साहन गरिने भएको छ। सबै प्रदेशमा नमुना कृषि फाम स्थापना गर्न प्रोत्साहन गर्ने, प्रदेश तथा स्थानीय तहको समेत सहकार्यमा आधुनिक कृषि बजार पुर्वाधार निर्माण तथा संचालन गर्न अनुदानको व्यवस्था मिलाईएको छ।

सरकारले आगामी आर्थिक बर्षमा सबैलाई स्वच्छ आहार अभियान जनस्तरमा पुग्ने गरि संचालन गर्ने, खाद्यान्न भण्डारण क्षमता वृद्धि गर्ने, सबै प्रदेशमा खाद्यगुणस्तर प्रयोगशाला स्थापना गर्ने तथा गुणस्तरहिन कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्ने जनाएको छ। कृषि ज्ञान केन्द्रहरुको क्षमता विस्तार गर्ने, गरिबी अन्त्यका लागि कृषि र कृषिजन्य पदार्थको उत्पादन बढाउनुपर्ने भएकाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र विशिष्टिकरणका लागि तथा अनुदान लगायतमा विशेष प्राथमिकता दिई बजेटको व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad