बजेट विशेष

स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन

बुधबार, १५ जेठ २०७६, १७ : ५९ नागरिक

काठमाडौं– ससरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य राख्ने गरि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क सहित गुणस्तरीय बनाउने लक्ष सहित बजेट विनियोजन गरिएको बताए।

सबैलाई स्वास्थ्य विमाको दायरामा ल्याउने उद्देश्य सहित सरकारले सबै जिल्लामा स्वास्थ्य विमा संञ्चालनका लागि ६ अर्ब विनियोजन गरेको छ। क्यान्सर लगायतका महिला जन्य रोगको निशुल्क जाँचका लागि बजेट विनियोजन गरिएको छ। विपन्न नागरिकलाई ८ प्रकारका जटिल रोगको उपचारका लागि २ अर्ब २० करोड छुट्याईएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्चका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ। बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब  विनियोजन गरिएको छ।

महिला स्वास्थ्य सेविकाका लागि बार्षिक ३ हजार यातायात खर्च दिने गरि १५ करोड विनियोजन गरिएको छ। सिकलसेल एनिमियाका लागि विशेष कार्यक्रम संचाालन गर्न बजेट छुट्याईएको छ। स्वास्थ्य सम्बन्धी साझेदारी कार्यक्रमका लागि १ अर्ब रुपैया ,आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा उपलब्ध गराउन स्थानीय तहको सहभागीतामा स्वास्थ्य संस्था निर्माण गर्न ५ अर्ब र  न्युनतम स्वास्थ्य पुर्वाधारका लागि ६ अर्ब रुपैया विनियोजन गरिएको छ। विशिष्टीकृत स्वास्थ्य सेवाका लागि कोशी, भरतपुर, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अंचल र डडेलधुरा अंचल अस्पतालको स्तरोन्नती गर्न १ अर्ब रुपैया विनियोजन गरिएको छ।

राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ४० करोड रुपैया विनियोजन गरिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट केन्द्रको पुर्वाधार निर्माण, बाँकेको शुशिल कोइराला प्रखर अस्पताल संचालनमा ल्याउन, सिरहामा क्यान्सर अस्पताल निर्माण गरि विपि कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा संचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

सरकारले मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेस्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको छ । विर अस्पतालको सेवालाई विस्तार गर्दे भक्तपुरको दुवाकोटमा अत्याधुनिक भवन निर्माणका लागि ४० करोड विनियोजन गरिएको छ ।

आगामी बर्ष स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जिवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ्य उपभोग गर्ने बानी विस्तारका लागि जनचेतना मुलुक कार्यक्रम पनि संचालन गरिने भएको छ । 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad