७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा पर्यटक बस खोलामा खस्यो, एकको मृत्यु

धादिङ– जिल्लाको थाक्रे गाउँपालिका –४ खयरघारीमा पर्यटक बस दुर्घटना भएको छ। पोखराबाट काठमाडौं जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस महेश खोलामा खसेर एक जनाको मृत्यु भएको इप्रका खानीखोलाका प्रमुख उद्धब पोखरेलले बताए।

मृतकको सनाखत भएको छैन्। उनका अनुसार सो दुर्घटनामा परि करिब १५ जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App