६ वैशाख २०८१ बिहीबार
भिडियो

वृद्ध भत्ता बढ्यो, अब मासिक ३ हजार

काठमाडौं- सरकारले बृद्ध भत्ता बढाएको छ। मासिक दुई हजार भत्ताबाट बढाएर तीन हजार बनाएको हो। अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट भाषण गर्दै वृद्ध भत्ता बढाएको घोषणा गरे।

जेष्ठ नागरिक मिलन सेवा केन्द्र बनाइने। गरिवी र जेष्ठ नागरिकको उपचारको लागि सरकारले सहयोग गर्ने बताए। ७० वर्ष माथिका जेष्ठ नागरिकको औषधिउपचारको लागि १ लाख सम्म राहत दिने बताए। अपांगता भएका व्यक्तिलाई रोजगारीका कार्यक्रम ल्याइने पनि खतिवडाले बताए। ७० बर्ष माथीका १३ लाख जेष्ठ नागरिकले अब मासिक ३ हजार वृद्ध भत्ता पाउनेछन् ।

प्रकाशित: १५ जेष्ठ २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App