coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वास्थ्य बीमा योजनामा ६ अर्ब विनियाेजन

काठमाडौँ - सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि स्वास्थ्य बीमा योजनामा ६ अर्ब बजेट विनियोजन गरिएको बताएका छन्।  प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले आगामी वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा योजना पुर्याइने बताए।

आर्थिक अभाव भोगिरहेका मानिसले पनि स्वास्थ्योपचार गर्न पाउने व्यवस्था सहितको महत्वाकांक्षी कार्यक्रम अन्तर्गत पर्छ ‘स्वास्थ्य बीमा कार्यक्रम’। अर्थात्, सानो रकम योगदान गरेर ठूला स्वास्थ्य समस्याबाट पनि पार पाउन बीमा कार्यक्रम उपयोगी हुने स्वास्थ्य क्षेत्रका विष्लेषकहरुको भनाई छ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक’ राखिएको छ। साथै धारा ५१ को ‘ज’ मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति उल्लेख गरिएको छ। जस अन्तर्गत ६ नम्बर बुँदामा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’ उल्लेख गरिएको छ। सोही नीतिको बुँदा १५ मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ उल्लेख गरिएको छ।

नेपालको संविधानमै उल्लेख गरी सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो। स्वास्थ्य बीमा कार्यक्रम सन् १९७६ मा पाटन अस्पतालबाट ललितपुरमा औपचारिक रुपमा शुरु गरिएको इतिहास छ। सरकारी स्तरमा भने सन् २००३ देखि देशका विभिन्न ६ स्थानमा सामुदायिक स्वास्थ्य बीमा कार्यक्रमका रुपमा सञ्चालनमा आएको हो।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली, २०७२ अनुसार तत्कालीन रुपमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्पmत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम २०७४ कात्तिक १ मा स्वास्थ्य बीमा ऐन प्रमाणीकरणपछि हाल स्वास्थ्य बीमा बोर्डमार्पmत सञ्चालित छ।

प्रकाशित: १५ जेष्ठ २०७६ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App