coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेससँग नसोधी महाअभियोग प्रस्ताव आएको भन्दै वन मन्त्रीको गुनासो

रौतहट– वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले सत्ता साझेदार प्रमुख दल नेपाली काँग्रेससँग समन्वय नै नगरी अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभयिोग प्रस्ताव दर्ता गराएको भन्दै उक्त प्रस्तावको तीव्र आलोचना गरेका छन्।  

रौतहटको सदरमुकाम गौरमा राष्ट्रिपति चुरे तराई मधेश संरक्षण कार्यक्रमद्वारा निर्माण भएको वरहवा ताललाई बुधवार हस्तान्तरण गर्दै वन तथा भू संरक्षण मन्त्री भण्डारीले नेकपा माओवादी केन्द्रले सत्ता साझेदार दलसँग समन्वय एवं विचार विमर्श नै नगरी प्रतिपक्षी दल एमालेसँग साँठगाठ गरी संसदमा अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्तावमाथि चर्को आलोचलना गर्दै त्यस विषयमा आफ्नो पार्टीभित्र सुक्ष्म ढंगले विष्लेशण भइरहेको बताएका छन्।
वन मन्त्री भण्डारीले मधेशी जनताको समस्या समाधान गर्न तथा नयाँ संविधान कार्यान्वयन गराउनका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रको सहमती हुनु अति नै आवश्यक रहेको जिकिर गर्दै उनले मुलुकमा उत्पन्न समस्याको समाधान गर्ने हेतुले सत्ता टिकाउनुभन्दा प्रमुख आवश्यक उक्त समस्याहरुको पहिचान गरी समाधानतर्फ ठोस पहल गर्नु आवययक रहेको बताए।

राष्ट्रिपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवले तराई मधेशका जिल्लाहरुमा तालको रुपमा रहेका स्थानहरुलाई पहिचान गरी त्यसलाई सौन्दर्यीकरण गरेर आन्तरिक तथा  बाहय पर्यटनलाई टेवा पुग्ने गरी विकासको पूर्वाधारलाई अगाडी बढाउने प्रमुख लक्ष्यका साथ अगाडि बढिरहेको बताए।

रौतहटको गौर नगरपालिकामा रहेको वरहवा ताल लालबकैया र वागमती नदीमा आउने बाढीको पानीले भरिभराउ भएकाले यस ताललाई व्यवस्थित गर्न नेपाली सेनालाई जिम्मा दिएकोमा सफलतापूर्वक निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको भन्दै उनले नेपाली सेना बधाईको पात्र रहेको बताए।

नेपाली सेनाका बलाधिकृत तथा उपरथी विनोदकुमार श्रेष्ठले हाम्रो नेपाल जैविक विविधताबाट परिपूर्ण रहेको अवस्थामा ताल तलैया एवं ओझेलमा परेका स्थानहरुलाई गरेर समुदायलाई हस्तान्तरण गर्ने जिम्मेवारी पाएअनुसार जनताले चाहे अनुसारको प्रतिफल पाएकोमा विश्वास व्यक्त गरे। नेपाली सेना जैविक विविधताको संरक्षण र सम्बर्धन कार्यमा पाएको जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्दै राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिद्धारा पाएको जिम्मेवारीलाई निर्धारित समय अगावै निर्माण कार्य सम्पन्न गरेकोमा खुशी व्यक्त गरे।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी बराल, संसदद्वय सुनिलकुमार यादव र रामकुमार भट्टराई, बरहवा ताल संरक्षण समितिका संयोजक अजय गुप्तालगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

७ किलोमिटर लम्बाई भएकोमा लभगभ ३ करोडको लागतमा बरहवा तालको सौन्दर्यीकरण भएको छ । चार वटा पिकनिक स्पट, १२ वटा घाट निर्माण गरी बोटिंग गर्ने व्यवस्था, लाइटिंगको समुचित व्यवस्थापनलगायत बाहय पर्यटनलाई आकर्षित गर्ने उदेश्यले निर्माण गरेको बरहवा ताल संरक्षण समितिका अध्यक्ष अजय गुप्ताले बताए।
 

प्रकाशित: १० कार्तिक २०७३ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App