पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

बुधबार, १५ जेठ २०७६, १५ : ४८ जनक केसी

जाजरकोट– वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्। 

यस्तै कुसे गाउँपालिका ९ का नवराज खड्का पनि अहिले  डोल्पामा यार्सा गुम्बा खोज्दै छन्। घरको काम छोडेर पैसा कमाउने लक्ष्य राखेर उनी डोल्पा पुगेका हुन्। गाउँका  साथीहरुको साथमा डोल्पा पुगेका खड्कालाई आधा महिना मात्र दुःख गरेर धेरै कमाउने ठूलो धोको छ। ‘एक महिना पढाइ छोडेर जाँदा कमाई धेरै हुन्छ’, खड्काले भने। 

खड्काले गाउँमा रोजगारी र उत्पादनको  गतिलो सम्भावना नहुँदा डोल्पातिर यार्सा खोज्न हिडेको बताए। ‘केही नभए पनि  आधा महिनाको दुःखले ५० हजार बढी पैसा कमाइ हुन्छ’, उनले भने। 

वारेकोटकी शारदा र कुसेका नवराज मात्र होइन यति बेला जाजरकोटको उत्तरी तथा पूर्वी क्षेत्रका अधिकांश गाउँका स्थानीयहरु डोल्पातिर लागेपछि बस्तीहरु युवा तथा प्रौढविहीन भएका छन्। बालबालिकाहरु, तन्नेरीहरु र महिला तथा प्रौढहरु सबै डोल्पातिर लागेपछि  गाउँहरु रित्तिएको  वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका शिक्षक कालीप्रसाद थापाले बताए। उनले  यार्सा संकलनमा  स्थानीय स्कुले  बालबालिकाहरु र सर्वसाधारणहरु डोल्पातिर लागेपछि  गाउँ रित्तिएको बताए। स्कुले बालबालिकाहरु डोल्पातिर लागेपछि वारेकोट र कुसे गाउँपालिकाका विद्यालयमा पनि  विद्यार्थीहरुको उपस्थिति निकै घटेको उनले बताए। 

गरिबी, बेरोजगारी र विपन्नताका कारण रोजगारी र आयआर्जनको  खोजीमा रहेका स्थानीय सर्वसाधारणहरु छोटो समयमा धेरै कमाउने लोभले घरको काम पढाइ छोडेर डोल्पातिर जाने गरेको थापाले बताए। घरबारीमा मेहनत नगर्ने, सबैको चाहना जागिर र सजिलो उपाय प्रयोग गरेर पैसा कमाउने चलन बढ्दै गएका कारण गाउँमा युवाहरुको  कमी हुँदै गएको स्थानीय बताउँछन्। 

गाउँको कृषि उत्पादन घट्दै गएको, सबैले आयातित खाद्य वस्तुमा निर्भर रहने चलन बढ्दै गएको कुसे गाउँपालिका   ९ पैंकका स्थानीय मानबहादुर रोकायले बताए। उनले  गरिबी, बेरोजगारी र विपन्नता घट्दै गएको भए पनि  स्थानीय उत्पादनमा वृद्धि हुन नसकेको र सजिलो उपायको खोजीमा नयाँ पुस्ता लागेको उनले बताए। संघीयता लागु भएपछि सुरु भएका स्थानीय तहले पनि गाउँमा  पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेको उनको  भनाई छ। 

जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले  गाउँ नै रित्तो पारेर डोल्पातिर यार्साका लागि सर्वसाधारण जानु बाध्यात्मक अवस्था भएको बताए। उनले गाउँमा  उत्पादन र रोजगारीका लागि गतिलो सम्भावना नभएपछि उनीहरु यार्सा संकलनतिर लागेको बताए। 

प्रत्येक वर्ष धेरै धन कमाउने आशाले जाजरकोट लगायत रुकुम सल्यान लगायतका  जिल्लाका २० हजार बढी सर्वसाधारण गाउँ नै रित्तो पारेर डोल्पातिर जाने गरेका छन्। पैसा कमाउन गएका  केही सर्वसाधारण दुर्घटनामा मृत्युवरण समेत गर्छन्। 
ग्रामीण भेगमा खेतबारी बाझो बन्दै गएको तर यसतर्फ कसैले चासो नदिनु दुःखद भएको अध्यक्ष खत्रीले बताए। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad