८ वैशाख २०८१ शनिबार
खेल

सागको तयारीका लागि विशेष प्रशिक्षण

काठमाडाैं–  नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ।  बिहीबारदेखि सुरु हुने विशेष प्रशिक्षणको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका जम्मा ८४ खेलाडी सहभागी छन्। सागमा समावेश विभिन्न २७ खेल मध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो। अन्य सम्बन्धित संघबाट नामवली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण सुरु गर्न लागिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराए। जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिए। प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो।

चौरासी खेलाडी मध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा सहभागी हुने छन्। बाँकी खेलाडीको प्रशिक्षण काठमाडौं हुनेछ। साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदैछ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App