coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समझदारीले मात्र देश समृद्ध बन्छः दाहाल

फाइल फोटो

ओखलढुंगा– पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहमती र समझदारीले मात्र देश समृद्ध बन्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा शहिद यज्ञबहादुर थापाको शालिक शिल्यान्यास कार्यक्रममा दाहालले यस्तो बताएका हुन्।

सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाअघि सारको छ, त्यो कुनै पार्टी विशेषको मात्र आकांक्षा नभएर सिंगो नेपालीको अपेक्षा रहेकोले यसलाई साकार पार्न सबै लाग्नुपर्ने उनले बताए। सहिद यज्ञबहादुर थापाको शालिक शिल्यान्यास कार्यक्रममा देखिएको सम्पुर्ण पार्टीको सहमती र सहकार्य देख्दा खुशी लागेको उनले बताए।

‘गणतन्त्र दिवसको दिन यहाँ आएर नेपाली कांग्रेस र नेकपाले देखाएको सक्रियता, सहमती र समझदारी देख्दा गर्व लागेको छ।’ उनले भने ‘राम्रो राजनीतिक संस्कार देखाउनु भएको छ। शहिदहरु कुनै दल विशेषको हुदैनन् उनीहरु आम जनताका हुन्छन् राष्ट्रका हुन्छन् भन्ने सन्देश देशभरी फैलिएको छ।’ यहाँ देखिएको संस्कार देश भरका सम्पुर्ण नेता कार्यकर्ताले अनुसरण गर्न आग्रह गरेका छन्। अहिले देश निर्माणका लागि यस्तै सहमती र समझदारीको खाँचो रहेको दाहालले औँल्याएका छन्। शहिद यज्ञबहादुर थापाको शालिक सिल्यान्यास कार्यक्रममा दाहालले चिशंखुगढी गाउँपालिकाभित्रका मुख्य सडकलाई कालोपत्रेका लागि पहल गर्ने बताएका छन्। मुख्य सडकको नाम क्याप्टेन यज्ञबहादुर थापाको नामबाट राख्नका लागि केन्द्र र प्रदेश सरकारमा पहल गर्ने दाहालको भनाई छ।

गाउँपालिकाभित्र रहेको खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा पहल गर्ने उनको भनाई छ। यसैबीच शहिद थापाका परिवारलाई १० लाख राहत उपलब्ध गराउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने दाहालले प्रतिवद्धता जनाएका छन्। चिशंखुगढी गाउँपालिकाको लगानीमा क्याप्टेन यज्ञबहादुर थापाको पुर्णकदको शालिक निर्माण हुदै छ। क्याप्टेन थापाले देशमा प्रजातन्त्र स्थापनाका लागि ठुलो योगदान गरेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App