८ वैशाख २०८१ शनिबार
खेल

सन्दीप लामिछाने आबद्ध सीपीएलकाे खेल तालिका सार्वजनिक

काठमाडाैं– नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध क्यारेवियन प्रिमियर लिग सीसीएलको खेल तालिका सार्वजनिक भएको छ। लिग ४ सेप्टेम्वरबाट अक्टोबर १२ सम्म वेस्टइण्डिजमा हुने छ। लिगमा सन्दीप लामिछाने आबद्ध बार्बाडस ट्राइडेन्टले भने सेप्टेम्बर ८ मा गिनियाँ एमाजोन वारियर्ससँग पहिलो खेल खेल्ने छ।

सन्दीप इण्डिन प्रिमियर लिग आइपीएल खेलेर नेपाल आएपछि  ट्राइडेन्टमा अनुबन्धित भएका थिए। सन्दीपले यसपटक लगातार दोस्रो सिजन सीपीएल लिग खेल्न लागेका हुन्। यस अघिकाे संस्करणकाे सीपीएलमा उनी सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्ससँग आबद्ध थिए। अघिल्लो सिजन उनले सीपीएलमा ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App