४ वैशाख २०८१ मंगलबार
समाज

नुवाकोटबाट ८ जना कारागार मुक्त

सांकेतिक तस्बिर

नुवाकोट– जिल्ला कारागार नुवाकोटले विभिन्न अभियोगमा कैद जीवन बिताइरहेका ८ जनालाई कारागार मुक्त गरेको छ। १२ औं गणतन्त्र दिवसको अवसरमा कैदमा ५० प्रतिशत भुक्तान गरेका र असल चालचलन भएको भन्दै प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा ८ जना कैद मुक्त भएका हुन्।

कैद मुक्त हुनेहरुमा चारघरेका सविन भुजेल, मदानपुरकी कान्छी तामाङ, देउरालीका सुनासिंह तामाङ, सिमिकोट हुम्लाकी खान्डु तामाङ, विदुर नगरपालिका–५ का गेहेन्द्रराज गजुरेल रहेका छन्।

यस्तै कैदकट्टी हुनेहरुमा चारघरेका सागर अधिकारी, चौघडाका नरे भन्ने नरबहादुर दमाई र दाङसिङका सन्तोषकुमार तामाङ रहेको जिल्ला कारागार नुवाकोटका सहायक जेलर रामराजा भण्डारीले बताए। भण्डारीको अनुसार अब कारागारमा १३ जना महिला र १ सय ४७ गरी १ सय ६० जनाले कैदी जीवन बिताइरहेका छन्। जिल्ला कारागार नुवाकोटमा ५० जना पुरुष बन्दी अट्ने क्षमता भए पनि अहिले तेब्बर क्षमताको भार थेगिरहेको छ। कारागारमा २० जना महिला बन्दी अट्ने क्षमता रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App