coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घर–घरमा धारा

मिक्लाजुङ - बिहानको खाना पकाएको र खाएको भाडा माज्दै गर्दा भेटिएकी प्रजिता लावतीले घरमै धारा आएपछिको खुसी सुनाउदै भनिन् ‘हाम्रो गाँउका सबै घरमा धारा जोडिएको छ।' पानी छानिएर आउने भएकाले स्वास्थ्यमा फाइदा पुग्ने रहेछ। पिछडिएको गाँउ भएपनि घरघरमा पानीको सजिलो सुविधा आहिपुग्यो ।’

दक्षिणी मिक्लाजुङ गाँउपालिका–५ मा पर्ने बरबोटे, बातेसे, कुरुम्ब, डाँडागाँउ, बगधोपा बस्तीका हरेक घरमा खानेपानीको धारा  जोडिएको छ। ‘एक घर–एक धारा’ बनेपछि स्थानीयबासी  खुसी भएका हुन्। भिरालो तथा पातला गरीघरहरु रहेका यो बस्तीमा मिटर सहितको धारा हरेक घरमा राखिएको छ। स्थानीय बरबोटे बतासे  मुहानबाट यहाँका ५७ घर  र सिंहदेवि आधारतभुत विद्यालयमा धारा जडान गरिएको छ ।

कादूरी एग्रिकल्चरल एड् एसोसिएसन बिटिस गोर्खाज नेपालले यहाँ खानेपानी आयोजना निर्माण गरिदिएको हो। आयोजना सम्पन्न भएपछि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। एक सय दिनमा खानेपानी ट्याङ, पाईप लाईन, धारा जडान लगायका सम्पूर्ण काम सकिएको कादूरीका पोक्जेट म्यानेजर देवान कुमार राईले जानकारी दिए। उनकाअनुसार ५२ लाख ५६ हजार ८ सय ६३ रुपैँया खर्चिएर आयोजना सम्पन्न भएको हो। स्थानीयको उत्साहपूर्वक सहभागिताले काम सम्पन्न गर्न सहज भएको उनले सुनाए।

३९ लाख ७१ हजार ४ सय ३० कादुरीको रकम र स्थानीयबासले १२ लाख ८५ हजार ४ सय रुपैँया बराबरको श्रमदान गरेका थिए। पापलानको डोबदेखि स्टकचरसम्मका काममा स्थानीयको जनश्रमदान रहेको थियो। ५७ घरका ३ सय ५१ जना यो आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने छ। परिवार थपिएपनि थप धारा बनाउन मिल्ने गरी आयोजना बनेको स्थानीय भकेन्द्र लावतीले जानकारी दिए ।

आयोजनामा २ वटा इनटेक, दुईवटा फिल्टर टंकी,  ५ रिजर्भवेयर टंकी, डिस्ट्रिव्युसन टंकी १ र ४ दशमलव ९ किलोमिटर पापलान बनाइएको छ। यस अघि पनि सो गाँउमा कादुरीले लघु जलविद्युत आयोजना बनाएको थियो।

फिल्टर सहितको योजनाबाट खानेपानी वितरण भएपछि सुविधा पुगेको स्थानीय बागमान लावतीले बताए। ‘दिर्घकालसम्मलाई उपयुक्त हुने किसिमको आयोजना बनेको छ। स्थानीयलाई खुसी दिनका साथै  विकासमा महत्पूर्ण योगदान पु¥याएको छ’ उनले भने ‘योजना बनेपछि विद्यार्थी र गृहणीलाई ठुलो राहत पुगेको छ।’

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App