१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेरेनाको पुनरागमन

पेरिस – पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले सोमबार फ्रेन्च ओपनमा उत्कृष्ट पुनरागमन गर्दा राफाइल नाडाल र नोभाक जोकोभिचले भने सहज जितका साथ दोस्रो चरणमा स्थान बनाएका छन्। अमेरिकी स्टार सेरेनाले रसियाकी भितालिया डिएचेन्कोबाट जित खोसेर ल्याउँदा स्पेनिस स्टार नाडाल र सर्बियन स्टार जोकोभिचले जितका साथ दोस्रो चरणको यात्रा तय गरेका हुन्। ३७ वर्षीया सेरेना जितसँगै मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्ड स्लाम उपाधि बराबरी गर्ने यात्रामा अगाडि बढेकी छन्। सेरेनाले ८३औं वरीयताकी भितालियासँगको पहिलो  सेट ६–२ ले गुमाएकी थिइन्।

तर, त्यसपछिका सेटमा ६–१ र ६–३ को उत्कृष्ट पुनरागमन गर्दैै सेरेनाले सफलता हात पारिन्। तीन पटक फ्रेन्च ओपन जितेकी उनले दोस्रो चरणमा जापानकी कुरुमी नाराविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। यसै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा कारोलिना प्लिसकोभासँग स्तब्ध भएकी सेरेनाले फ्रेन्च ओपनमा पनि दोस्रो र तेस्रो सेटमार्पmत पुनरागमन गरिन्।

यता, फ्रेन्च ओपनमा सर्वाधिक सफल नाडालले जर्मन प्रतिद्वन्द्वीलाई सोझो सेटमा स्तब्ध बनाउँदा कीर्तिमानी उपाधिको संख्या बढाउने यात्रामा होमिएका छन्। विश्व नम्बर दुई  नाडालले पे्रmन्च ओपनमा सर्वाधिक १२ पटक उपाधि जितेका छन्। १७ पटक ग्रान्ड स्लाम च्याम्पियन नाडालले जर्मनीका यानिक यानफम्यानलाई ६–२, ६–१ र ६–३ ले हराएका थिए।
यस सफलतासँगै गत इटालियन ओपनको उपाधि जितेका नाडालले फ्रेन्च ओपनमा जितहारको रेकर्ड ८७–२ बनाएका छन्। यस सिजन क्ले कोर्टमा लगातार तीन पटक सेमिफाइनलबाट बाहिरिएका नाडालले दोस्रो चरणमा भने ११४औं वरीयताका जर्मन स्टार यानिक मादेनसँग प्रतिस्पर्धा गर्नेछन्। विश्व नम्बर एक जोकोभिचले पनि पोल्यान्डका हुबर्ट हुरकाजलाई सोझो सेटमा हराए।

१५ पटक ग्रान्ड स्लाम च्यामिपयन जोकोभिचले पोल्यान्डका हुबर्टमाथि ६–४, ६–२ र ६–२ को सोझो सेटमा जित निकालेका थिए। सन् २०१६ का फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले दोस्रो चरणमा हेनरी लाकसोनेनसँग प्रतिस्पर्धा गर्नेछन्। १२ महिनाअगाडि विश्व नम्बर २० सँग क्वार्टरफाइनलमा स्तब्ध जोकोचिच यस पटक भने लयमा देखिएका छन्।
महिलातर्पm  पूर्वविश्व नम्बर एक कारोलिन वज्नियस्की पनि ६८ वरीयता प्राप्त रसियाकी भेरोनिका कुदेर्मेतोभासँग पहिलो चरणमा स्तब्ध भएकी छन्। कारोलिन रसियन प्रतिद्वन्द्वीसँग ०–६, ६–३ र ६–३ ले स्तब्ध भइन्। ३७ वर्षीया सेरेना जितसँगै मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्ड स्लाम उपाधि बराबरी गर्ने यात्रामा अगाडि बढेकी छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App