coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

संन्यास त्याग्दै लयमा फर्किएका मालिङ्गा

जेठ – श्रीलंकाका लासिथ मालिङ्गा इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा पाका खेलाडीमध्ये एक हुन्। ३५ वर्षे मालिङ्गामा उमेरका कारण प्रदर्शनमा खासै प्रभाव परेको देखिन्न। कयौं पटक उनीमाथि आलोचना भए पनि मालिङ्गा आफूलाई सफल साबित गरिहाल्छन्। मालिङ्गाले श्रीलंकाको कप्तानी पनि समालिसकेका छन्।

तर, लगातार ८ खेलमा हारपछि उनीबाट कप्तानीको जिम्मेवारी खोसिएको थियो। तीव्र गतिका पूर्वबलरसमेत रहेका छनोट समितिका असन्था डिमेलले मालिङ्गामा टोलीलाई एकीकृत गर्न सक्ने क्षमता नभएको बताएका छन्। साथै उनलाई सिनियर खेलाडीसँग राम्रो सम्बन्ध राख्न नसक्ने आरोप पनि लाग्दै आएको छ। त्यसैका कारण पनि मालिङ्गा पछिल्ला समय निकै निरास थिए।

जसको कारण उनी संन्यास लिने सोचनजिक पुगिसकेका थिए। तर, छनोट समितिले विश्वकपमा सामेल गरेपछि उनले तत्कालका लागि संन्यासको विचार पर सारे। उनै तीव्र गतिका बलर मालिङ्गाले पछिल्लो समयमा सर्वाधिक लोकप्रिय व्यावसायिक क्रिकेट लिग आइपिएलमा मुम्बई इन्डियन्सबाट खेलेका थिए। त्यस क्रममा उनले आफूलाई कयौं पटक परीक्षण गर्दै १६ विकेटसमेत लिए।

चेन्नई सुपर किङ्सविरुद्धको फाइनलको अन्तिम ओभरमा मालिङ्गाले यादगार प्रदर्शन गर्दै मुम्बईलाई उपाधिसमेत दिलाएका थिए। आगामी ३० मेदेखि हुने विश्वकपअगावै मालिङ्गा लयमा फर्कनु श्रीलंकाका लागि राम्रो संकेत हो। यस विश्वकपमा उनी श्रीलंकाका सबैभन्दा अनुभवी बलर हुन्। एकदिवसीय क्रिकेटमा ३ सय २२ विकेट लिइसकेका मालिङ्गा बिहीबारबाट सुरु हुने विश्वकपमा श्रीलंकाका लागि मुख्य हतियार हुन्।

चेन्नई सुपर किङ्सविरुद्धको फाइनलको अन्तिम ओभरमा मालिङ्गाले यादगार प्रदर्शन गर्दै मुम्बईलाई उपाधिसमेत दिलाएका थिए। आगामी ३० मेदेखि हुने विश्वकपअगावै मालिङ्गा लयमा फर्कनु श्रीलंकाका लागि राम्रो संकेत हो।

यस पटक पुराना कुरा बिर्सेर मालिङ्गालाई हौसलासहित अवसर दिनु नै नयाँ कप्तान दिमुथ करुणारत्नेको जिम्मेवारी रहन्छ। जसको कारण मालिङ्गाले करियरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै टोलीलाई जित निकालेर दिन सकुन्। यसअघि पनि मालिङ्गाले विश्वकपमा यादगार प्रदर्शन गरेका उदाहरण छन्। सन् २००७ को विश्वकपमा उनले दक्षिण अफ्रिकाविरुद्ध चार बलमा ४ विकेट लिँदै विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए।

उक्त खेलमा दक्षिण अफ्रिकालाई पाँच रन आवश्यक हुँदा पाँच विकेट नै हातमा थियो। तर, ४५औं ओभर बलिङ गर्न आएका मालिङ्गाले लगातार चार विकेट लिँदै खेललाई रोमाञ्चक मोडमा पु¥याए। त्यति बेला मालिङ्गाले विश्वकपमा पाँचौं ह्याट्रिक विकेट लिए पनि खेलमा दक्षिण अफ्रिकाले १० बल बाँकी छँदा एक विकेटको जित निकालेको थियो।

त्यसपछि सन् २०११ मा पनि केन्याविरुद्ध ह्याट्रिक विकेट लिँदै उनले आफूलाई सफल साबित गरे। उक्त सफलतासँगै दुई विश्वकपमा ह्याट्रिक गर्ने मालिङ्गा पहिलो बलर भए। सोही विश्वकपमा भारतविरुद्धको फाइनलमा पहिलो बलमै महŒवपूर्ण ब्याट्सम्यान सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागलाई सस्तैमा आउट गर्दै उपाधि जित्ने श्रीलंकाको आशा जगाएका थिए। तर, उनको त्यो योजना पूरा हुन भने सकेन।

यदि, श्रीलंका सन् १९९६ पछि विश्वकप जित्ने लक्ष्य राख्छ भने मालिङ्गा पूर्णरूपमा फिट हुनुपर्ने आवश्यक छ। सम्भवतः आफ्ना लागि अन्तिम विश्वकप भएकाले पनि मालिङ्गा उचो प्रदर्शनमा कुनै कसर बाँकी राख्ने छैनन्। सन् २०११ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा ह्याट्रिक लिँदै उनी तीन पटक ह्याट्रिक विकेट लिने पहिलो बलर बने।

उनले एकदिवसीयमा २ सय १६ खेल खेल्दै ३ सय २२ विकेट लिएका छन्। करियरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले ६ विकेट लिएर ३८ रन खर्चिएका छन्। एकदिवसीय क्रिकेटमा उनले आठौं पटक एकै इनिङमा पाँचभन्दा बढी विकेट लिइसकेका छन्। तीन पटक विश्वकप खेलिसकेका मालिङ्गा यस पटक चौथो सहभागितालाई यादगार बनाउँदै संन्यास लिने तयारीमा हुनेछन्।

लासिथ मालिङ्गा
देश: श्रीलङ्का
उमेर: ३५ वर्ष
बलिङ: दायाँ हाते तीव्र गतिका बलर
ब्याटिङ : दायाँहाते ब्याट्सम्यान

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App