coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङ कारागारबाट छुटे ४ जना कैदी

ताप्लेजुङ - गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारमा रहेका ४ जना कैदी कारागारमुक्त भएका छन्। तोकिएको कैदको ५० प्रतिशत सजाय भुक्तान गरिसकेका,असल चालचलन भएका र कैद कट्टा हुन नसक्ने कसुरदार बाहेकका २०७६ साल बैशाख मसान्त सम्ममा कम्तिमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका ४ जना कैदमुक्त भएका हुन्।

उनीहरुलाई गणतन्त्र दिवसको अवसर पारेर उनीहरुको बाँकी कैद मिनाहा गरी मुक्त गरिएको जिल्ला कारागार शाखाका प्रमुख धनीराम सिंहले जानकारी दिए। बाँकी कैद मिनाहा भई मुक्त हुनेहरुमा यहाँको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका ३७ बर्षिय माधव राई,सूर्यादय नगरपालिकाा वडा नं १० इलामका २८ बर्षिय अमित प्रधान,मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाका २५ बर्षिय मदन भन्ने सुमिर प्रसाँई र फुङ्लिङ नगरपालिका वडा नं ८ दोखुका २६ बर्षिय वीरबहादुर थिङ् तामाङ रहेका छन्।

कैद मिनाहा भई जेलमुक्त हुने मध्ये राई २०७२ साल जेठ २० गतेको ताप्लेजुङ जिल्ला अदालतको फैसला अनुसार जेल चलान भएका थिए भने प्रधान उच्च अदालत बिराटनगर इलाम इजलासको २०७५ साल असार १९ गतेको फैसला अनुसार कैद सजायमा थिए। प्रसाँई पुनराबेदन अदालत इलामको २०७१ साल फागुन ११ गते र तामाङ २०७२ साल असार १५ गतेको फैसलाबाट कैद सजाय भुक्तानका लागि कारागार चलान भएका थिए। यो संगै कारागारमा अब १३६ जना कैदी÷बन्दी रहेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App