६ वैशाख २०८१ बिहीबार
समाज

सुमार्गीको पैसाको स्रोत खोज्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको नाममा खातामा रहेको रकमको स्रोत खोज्न परमादेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुमार्गीको खाता फुकुवा नगर्ने फैसला गर्दै राष्ट्र बैंकको निर्णयलाई निरन्तरता दिएको छ।

सर्वोच्चले परमादेश जारी गर्दै सुमार्गीको खातामा आएको रकमलाई राष्ट्र बैंकले शंकास्पद भनेको भन्दै ६ महिनाभित्र वैद्यता जाँचबुझ गर्न भनेको छ। निवेदकको नाममा विदेशमा रहेको खाताबाट रकम आएको भन्ने नेपाल राष्ट्र बैंकको पत्रबाट देखिंँदा रकमको वैद्यताका विषयमासमेत जाँचबुझ गरी ६ महिनाभित्र एकीन निर्णय गर्नुु परमादेश दिएको हो।

सर्वोच्च अदालतले यसअघि नेपाली मिडियालाई झुक्काउने गरी ‘परमादेश जारी’ गरेको बताएको थियो। सामान्यता परमादेश जारी भन्नाले रिट निवेदकले माग गरेको विषयसँग सम्बन्धित हुने भएकाले सुमार्गीको खाता फुक्का भन्ने गलत समाचार प्रशारण भएको थियो। मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको तर्फबाट परमादेश माग भएकाले सञ्चारमाध्यम झुक्किएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७६ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App