coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूमि सदुपयोग गर्ने एजेन्डा सरकारको उच्च प्राथमिकतामाः मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले भूमि र सहकारीको सदुपयोग गर्दै मुलुकमा गरिवी निवारण गर्ने योजना अघि सारेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भूमि र सहकारीको अधिकतम सदुपयोग गरेर गरिवी निवारण गर्न सरकारले नीतिगत सुधारको कामलाई तीव्रता दिइरहेको पनि बताइन।

उनले भूमिको सदुपयोग गर्नका लागि जग्गा प्रशासनको सेवा प्रवाहलाई व्यवस्थित बनाउने चुनौति सरकारसामू रहेको पनि बताइन। मन्त्री अर्यालले मुलुकको समृद्धिको पनि मुख्य आधार भूमि भएकाले त्यसको अधितम सदुपयोग गर्ने एजेन्डालाई सरकारले उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारिन।

कार्यक्रममा मन्त्री अर्यालले सगरमाथाको चुचुरोमा पुगेर त्यसको उचाई मापन गर्न सफल भएका नापी विभागका कर्मचारीहरुप्रति पनि आभार व्यक्त गरिन। सगरमाथाको शिखरमा पुगेर उचाई मापन गर्न सफल नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई त्यस अवसरमा सम्मान पनि गरिएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७६ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App