coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

व्यवसायी भन्छन् : सरकारले नै सिन्डिकेट लगायो

काठमाडौ- एक हप्ताको अवधिमा थोरै मात्रा यातायात समिति कम्पनीमा दर्ता भएका छन्। जेठ १८ भित्र सबै समितिलाई कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात समितिलाई अनिवार्य कम्पनीमा जान ह्वीप जारी गरेको एक हप्ता बढी भएको छ। व्यवसायीलाई कम्पनीमा दर्ता हुन ह्वीप जारी गरेको एक हप्ता बित्दा समेत आधा दर्जन समिति मात्रै कम्पनीमा दर्ता भएका छन्। कम्पनी राजिष्ट्रारको कार्यालयका सहायक सूचना अधिकारी टंक भट्‍टराईका अनुसार यो अवधिमा ६/७ वटा समिति मात्रै कम्पनीमा दर्ता भएका छन्। “६/७ वटा मात्रै यातायात समिति कम्पनीमा दर्ता भएका छन्। धेरै प्रक्रियामा छन्। दर्ता जारी नै छ।” उनले भने।

 सरकारले सबै यातायात सघं– समितिलाई कम्पनीमा लैजाने भने पनि त्यस अनुसारको तयारी नगरेको सिटौलाको आरोप छ।

तर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने कम्पनी रजिष्ट्रार कार्यालयकै ढिलासुस्तीका कारण दर्ता प्रक्रियामा ढिलाई भएको दाबी गरे।

सर्भरमा  समस्या आएपछि कम्पनीमा दर्ता हुन आएका यातायात व्यवसायी नै अन्यौलमा परेको उनले बताए। आइतबार दिउँसोदेखि सर्भरमा समस्या आएकाले दर्ता प्रक्रिया नियमित हुन पाएको छैन। सिटौलाले भने, “ व्यवसायीहरु कम्पनीमा जान तयार छन्। तर कम्पनी राजिष्ट्रार कार्यालयको सर्भरमा आएको समस्याले ढिलाई भएको छ।”

 सरकारले सबै यातायात सघं– समितिलाई कम्पनीमा लैजाने भने पनि त्यस अनुसारको तयारी नगरेको सिटौलाको आरोप छ।

“दर्ता प्रक्रिया झन्झटिलो छ। काममा ढिलासुस्ती छ। देशभरका व्यावसायीले दर्ता गर्न काठमाडौं नै आउनुपर्ने अवस्था छ। पूर्वदेखि पश्चिमका व्यवसायीहरू काठमाडौंमा आएका छन्। यता काम अवरूद्ध छ। कसरी हुन्छ? सरकारले पूर्वाधार विकास गर्न सकेन। एक वर्षदेखि पूर्वाधार बनाउनु पर्ने तर बनाएन। अहिले जब पर्यो राति तब बूढी ताती गरेपछि कसरी हुन्छ?

यती बेलासम्म जिल्ला जिल्लामा, प्रदेशमा दर्ता हुनुपर्ने हो। तर त्यो भएन। सरकारले व्यवस्था नै गर्न सकेन। कम्पनी दर्तामा सरकारले नै सिन्डिकेट लायो।” उनले भने। 

तोकिएको समयावधिमै सबै यातायात समिति कम्पनीमा दर्ता हुनेमा सिटौलाले विश्वास व्यक्त गरे। “हामी विश्वस्त छौं। १८ गतेसम्म आधिकांश दर्ता भइसक्छन्। तर काम छिटो छरितो र कष्टरहित हुनुपर्यो। यदि तोकिएको समयमा दर्ता प्रक्रिया सकिएन भने के हुन्छ भन्ने प्रश्नमा भने उनले कुनै प्रतिक्रिया जनाएनन्। हामी आशावादी नै छौं। त्यो बेलासम्म अधिकांश कम्पनीमा दर्ता भइसक्छन्। भएन भने के गर्ने त्यो नसोध्नुस्। उनले भने।

तर कम्पनी रजिष्ट्रारको कार्यालयका उप राजिष्ट्रार सन्तोष कुमार दहालले भने यातायात समितिकै कारण दर्ता प्रक्रियामा ढिलाई भएको बताएका छन्। सयौँको नाममा एउटै कम्पनी दर्ता गर्ने हुँदा कागजात मिलाउन नै उनीहरूलाई समय लाग्ने गरेको उनले बताए। “यस अघि दिइएको अवधिमा दर्ता गर्न चासो दिएनन्। अन्तिम समयमा आएर भीड गर्दा समय लाग्छ, उनले भने। उनीहरूका लागि हामीले छुट्टै डेस्क पनि बनाएका छौं। तर उहाँहरूले नै बढी समय लगाउनु भएको छ।”

एक दिनमा एक सयसम्म कम्पनी दर्ता गर्न सकिने बताउँदै आचार्यले त्यसका लागि व्यवसायी नै तयार हुनुपर्ने बताए।

“सर्भरको सामान्य समस्या देखिएको भएपनि समाधानको बाटोमा रहेको उनले बताए। अन्तिम समयमा धेरै संघ समिति दर्ता गर्न आएका कारण सर्भरमा समस्या आएको हो। यो हाम्रो मात्रै वा कर्मचारीको कमजोरीका कारण हुने होइन। ‘सिंहदरवारकै सर्भरमा समस्या आएको हो।” उनले भने।

यो समस्या बारे  मन्त्रिपरिषद्को कार्यालयमा समेत जानकारी गराइसकेकाले आजै समाधान हुने आचार्यको विश्वास छ।

देशभरमा २ सय ९२ वटा समिति र त्यसमा आवद्ध साढे तीन लाखभन्दा बढी ब्यबसायीहरु रहेको आचार्यको भनाई छ। आगामी १८ गते भित्र देशभरका सबै संघ समिति कम्पनीमा गइसक्नु पर्नेछ।

गत जेठ ५ गते महासघंले सवै यातायात संघ समितीहरुलाई १८ गतेभित्र कम्पनीमा जान निर्देशन दिएको थियो।

सरकारले २०७४ चैत १८ गते सार्वजनिक यातायातको सिन्डिकेट हटाउने नयाँ निर्देशिका जारी गरेको थियो।

२०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि यातायात समितिलाई नवीकरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयको विरुद्दमा आन्दोलनमा उत्रिएका व्यावसायी पनि अन्नतः २०७५ बैशाख २४ गते कम्पनी दर्ता गर्न तयार भएका थिए। त्यपछि यातायात समितिलाई कम्पनीमा जान पटक पटकको समयसीमा तोक्दा पनि म्याद थप गर्ने बाहेक खासै प्रगति भने भएन।

 

 

प्रकाशित: १४ जेष्ठ २०७६ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App