८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

भक्तपुर– प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा मोटरसाइकल चोरी, बिक्रीवितरण तथा चोरीका मोटरसाइकल प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक, महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौ तथा महानगरीय अपराध शाखा भक्तपुरसंगको समन्वय तथा सहयोगमा उनीहरुलाई ६ वटा मोटरसाइकलसहित पक्राउ तथा बरामद गरी अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलका अनुसार मोटरसाइकल चोरी गरी विक्रीवितरण गर्ने अन्य फरार रहेकोले निजहरुको खोजतलास भइरहेको जनाएको छ। 

पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष २९ का विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका ५ फेदीगुठ घर भई हाल काठमाडौ बौद्ध जारपाटी बस्ने वर्ष १९ को प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका ३ सिस्नेरी बस्ने वर्ष २७ को प्रेम बहादुर कटवाल, खोटाङ खोटेहाङ गाउँपालिका ९ घर भई हाल त्रियुगा नगरपालिका  ३ बस्ने वर्ष ३३ को सुरेश राई, सिन्धुपाल्चोक साबिक स्याउले ७ हालको चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले बस्ने बर्ष ३१ को उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका २ कोटबेशी बस्ने बर्ष २२ का भिजन कार्की रहेको प्रहरीले जनाएको छ।

उनीहरुबाट ६ वटा मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App