८ वैशाख २०८१ शनिबार
प्रविधि

चस्माबाट भिडियो रेकर्डिङ

चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रूपमा स्मार्ट चस्मा सार्वजनिक गर्ने बताएको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेक्ट्याकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

उक्त स्पेक्ट्याकल्सका निमार्णकर्ता इभान स्पिंगलले आफूले साथीहरूसँग मिलेर रमाइलोका लागि स्मार्ट चस्मा तयार पारेको बताए । स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने कुराले आफूहरू उत्साहित भएको उनले बताए । ‘यो स्मार्ट चस्मा गुगलको स्मार्ट चस्मा जस्तो देखिए पनि त्योभन्दा यो बिलकुल फरक छ,’ उनले भने ।

उनले आफूहरूको स्मार्ट चस्मा गुगलको स्मार्ट चस्माको तुलनामा धेरै सस्तो हुने दाबी गरेका छन् । यो चस्माको मूल्य १ सय ३० अमेरिकी डलर राखिएको छ । गुगलको स्मार्ट चस्माको भने १५ सय डलर पर्छ । इभानले भने, ‘महँगो भएकै कारण मानिसले गुगलको स्मार्ट चस्मा किनेनन् र यो पूर्ण रूपमा असफल भयो । तर, हाम्रो स्मार्ट चस्मा सस्तो छ । यसले प्रयोगकर्तालाई आकर्षण गर्नेछ ।’

प्रकाशित: १० कार्तिक २०७३ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App