काठमाडाैँ - प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड सचिवसहित तीन नेताले पार्टी परित्याग गरेका छन्। पार्टीका मध्यकमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी सहित संजिव कार्की र देवराज घिमिरेले पार्टी परित्याग गरेका हुन्।
ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारी सहित उनीहरुले पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि जिल्ला प्रशासन कार्यालय पुगेर पार्टी परित्याग गरेका हुन्।
शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छोडेको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार उनीहरुले पार्टीका सम्पूर्ण गतिविधी त्यागेका छन् । समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् ।
ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडिभएकाे विस्फाेटमा संलग्न रहेकाे आरोपमा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियाे।
प्रकाशित: १४ जेष्ठ २०७६ ०७:१४ मंगलबार