coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिडिया काउन्सिल विधेयकको विरोधमा नेविसंघ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ।

नेविसंघले मिडिया काउन्सिलसम्बन्धि विधेयक प्रेस स्वतन्त्रता हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै मंगलबार बिहान काठमाडौंको पुतलीसडकबाट बाघबजारसम्म प्रर्दशन गरेको हो। प्रर्दशनीका क्रममा विद्यार्थी नेताहरुले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए। सरकारले मुलुकको सबै क्षेत्रमाथि हस्तक्षेप गर्न लागेकाले त्यसको विरोध गर्नु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए। उनले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिए।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ।

 

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App