८ वैशाख २०८१ शनिबार
कला

कलाकारले तताए हरिवन

मैदानमा दर्शकहरूबीच नै उपस्थित भएर गीत गाउँदै गायक प्रमोद खरेल । स्टेजमा गीत गाउँदै गरेकी ज्योती मगर तस्बिर : टंक/नागरिक

सर्लाही - हरिवनमा जारी ‘रमाइलो मेला एवं महोत्सव’मा हरेक साँझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतीले हरिवनसहित आसपासका दर्शकले मनोरञ्जन लिईरहेका छन् । गत जेठ ३ गतेदेखि जारी महोत्सवअन्तर्गत गत शनिबार राती भारतका भोजपुरी स्टार गायक अवधेश प्रेमीको सांगीतिक टोलीले प्रस्तुती दिएको थियो । आकर्षक सामूहिक नृत्यसहित प्रेमीले आधा दर्जन गीत गाउँदा उपस्थित हजारौं दर्शक झुमेका थिए । भोजपुरी कलाकारहरूको केही भड्किलो प्रस्तुतीका कारण दर्शकहरू उत्तेजित देखिन्थे ।

गायकले मैदानस्थित दर्शकहरूको बीचमै गएर गीत गाउँदा आयोजकलाई सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे पर्ने गरेको छ ।

गत शुक्रबार राती पटक–पटक विवादमा आइरहने नेपाली लोकगायिका ज्योती मगरले स्टेज तताईन् । उनले साँझ झण्डै मध्यरातसम्म एक्लै प्रस्तुती दिएकी थिईन् । त्यस्तै बिहीबार राती गायक कमल खत्रीले दर्शकलाई उफार्दा बुधबार राती आधुनिक गायक प्रमोद खरेलले नचाए । हरिवनको सुर्ती विकास चौरमा आयोजित महोत्सवमा हरेक साँझदेखि झण्डै मध्यरातसम्म कलाकारहरूले एक्लो प्रस्तुती दिने गरेका छन् । हालसम्म गायकहरू कर्णराज गिरी, भोजराज काफ्ले, मेलोडी रमेश श्रेष्ठ, भोजपुरी गायक प्रमोद जख्मीलगायतले आफ्ना प्रस्तुती दिईसकेका छन् । चर्को गर्मी कारण दिउँसो दर्शकको न्यून उपस्थिति हुने भएपछि आयोजकले रातीमात्र स्टेजमा कलाकार उतार्ने गरेको छ ।

गायकले मैदानस्थित दर्शकहरूको बीचमै गएर गीत गाउँदा आयोजकलाई सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे पर्ने गरेको छ । राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको प्रस्तुती हेर्न दर्शकहरू ५० रुपैंयाको टिकट काटेरै महोत्सवस्थलमा प्रवेश गर्ने गरेका छन् । जेठ १५ गतेसम्म चल्ने महोत्सवमा युवापुस्तामाझ चर्चित ¥यापर भिटेन, गायिका मेलिना राईलगायत चर्चित कलाकारहरूको प्रस्तुती बाँकी रहेको आयोजक समितिका संयोजक जोनिश पाख्रिनले बताए ।

‘हाम्रो हरिवन राम्रो हरिवन, पर्यटनसहितको सुन्दर नगर निर्माण हाम्रो हरिवन’ भन्ने नारासहित पशुपति फेयर एक्जीविशन नेपाल चितवनको आयोजना एवं हरिवन युवा समूहको संयोजनमा जारी महोत्सवमा गार्मेण्ट जुत्ता चप्पल कस्मेटिक तथा विभिन्न लत्ताकपडा, शैक्षिक पर्यटन तथा हस्तकला सामग्रीहरूको स्टल, रोटे पिङ, झुलालगायत मनोरञ्जनात्मक खेलहरूसमेत राखिएका छन् ।
 

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App