४ वैशाख २०८१ मंगलबार
प्रवास

लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारी

अमेरिका- गैरआवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि निर्माण गरिएको ५ सया ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी भैरहेको उपाध्यक्ष कुमार पन्तले बताए। अमेरिका भ्रमणका रहेका एनआरएन उपाध्यक्ष पन्तले टेक्सासमा आयोजित कार्यक्रममा एक महिना भित्रमा लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भैरहेको बताउँदै यो उपलब्धि एनआरएनको प्रमुख उपलब्धि भएको उल्लेख गरे।

बस्तीसंगै शंखमुल पार्क निर्माण पनि अन्तिम चरणमा पुगेको बताए। एनआरएनको महत्पूर्ण योजनाहरुमा १० अर्वको म्यूचअल फण्ड निर्माण गर्ने कार्यको लागि कानुन निर्माण भैरहेकोले त्यसबाट मातृभुमिको विकासमा टेवा पुग्ने बताए। एनआरएन अमेरिकाद्धारा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघले मुलुकका लागि गरिएका महत्वपूर्ण आयोजनाको बारेमा चर्चा गर्दै समृद्ध मातृभुमिका लागि सबैले आआफ्नो स्थानबाट सक्दो सहभागी हुन आव्हान गरे।

कार्यक्रममा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनिल शाह, एनआरएन आईसिसि सल्लाहकार हरिबोल भण्डारीलगायतले एनआरएन अमेरिकालगायत विविध विषयमा मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०७६ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App