सोलुखुम्बु – खुम्बु क्षेत्रलाई यथाशीघ्र सडक सञ्जालमा जोड्नुपर्ने प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। खुम्बु पासाङल्हामू गाउँपालिका–३ नाम्चेबजारमा आयोजित ‘सगरमाथा हिमाल सरसफाइ अभियान–२०७६’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा मुख्यमन्त्री राईले खुम्बुलाई सडक सञ्जालमा जोड्न सके आन्तरिक पर्यटकको चाप बढ्ने र मौसमी पर्यटन व्यापार हट्ने विश्वास दिलाए। उनले खुम्बु आउने पर्यटकका लागि पूर्वाधार निर्माण र सञ्चारलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपर्ने बताए।
उनले भने, ‘सगरमाथा क्षेत्रमा पर्यटकको संख्या अभिवृद्धिका लागि खुम्बु पासाङल्हामु गाउँपालिकालाई ‘पर्यटकीय स्थानीय तह’ घोषणा गरिसकेका छौं। आगामी जेठ १७ गते विराटनगरमा एक कार्यक्रमका आयोजना गरी गाउँपालिकालाई ५० लाख रुपैयाँसहित पुरस्कृत गर्दै छौं।’ सगरमाथासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने किसिमका सुविधायुक्त पूर्वाधार निर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने उनको भनाइ छ।
प्रकाशित: १४ जेष्ठ २०७६ ०३:०६ मंगलबार