coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर दुई चालकको मृत्यु

मकवानपुर – इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर दुई चालकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा टे«लर चालक नुवाकोटको बेलकोटगढी–७ मझुवाका ३५ वर्षीय विशाल तामाङ र जेसिबी चालक सिन्धुली तीनपाटन गाउँपालिका–९ आमबोटेका वीरबहादुर मगर रहेका छन्।

ट्रेलरमा सवार दाङका महेश दाहाल र जेसिबीमा सवार सिन्धुली तीनपाटन–९ आमबोटेका गोपाल रमौली घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

ट्रेलर सिस्नेरीको कुइन्टार आइपुग्दा बाटोमा रहेको पोलको तारमा ट्रान्समिटरले छोएपछि चालकलाई करेन्ट लागेको थियो। काठमाडौंबाट मान्डु हाइड्रोपावरका लागि ट्रान्समिटर बोकेर आउँदै गरेको ना४ख ९३२६ नम्बरको ट्रेलरका चालक तामाङलाई करेन्ट लागेपछि छुटाउन जाँदा बा२क ४०९१ नम्बरको जेसिबीका चालकलाई पनि करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।

सडकमा खाल्डाखुल्डी रहेका कारण ट्रेलरलाई ढुवानीमा समस्या भएपछि सहायताका लागि जेसिबीसमेत ल्याइएको थियो। केही दिनअघि टिपरले विद्युत् पोललाई ठक्कर दिएपछि झोल्लिएको अवस्थामा रहेको तारले ट्रेलरमा रहेको ट्रान्समिटरलाई छुँदा करेन्ट लागेको हो।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App