८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

काठमाडौं - उत्तरी ब्राजिलस्थितको छुट्टाछुट्टै जेलमा रहेका कैदीबन्दीबीच झडप हुँदा ४२ जना कैदीको मृत्यु भएको छ।
एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको बीबीसीले जनाएको छ। समाचारअनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो।

निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ। अवरोधहरू नियन्त्रणका लागि एउटा कार्यदल पठाइएको अधिकारीहरूले बताएका छन्। सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो।

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App