coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटको विकास निर्माणमा नियोजित आक्रमण

रौतहट - रौतहटको विकास निर्माण नियोजित किसिमले आक्रमणको शृंखला बढेको पाइएको छ। जिल्लाको सडक तथा भवन निर्माणको क्षेत्रमा नियोजित आक्रमणको शृंखला बढेको पाइएको हो। गत वैशाख २६ गते गुुजरा नगरपालिकास्थित सडक निर्माणमा खटेको रमन, सगुन, सगरमाथा जेवीको स्काभेटरमा अज्ञात समूहले आगजनी ग-यो।

वैशाख २० मा वागमती नदी किनारमा रहेको निजी स्काभेटरमा पनि अज्ञात समूहले आगजनी गरेको थियो। त्यसअघि २०७४ चैत्र ५ गते गरुडा नगरपालिकास्थित सडक निर्माणमा खटेको डिभिजन सडक कार्यालय रौतहटको एक्जाभेटर पनि आगजनीले खरानी भएको थियो। २०७४ पुस १६ मा मौलापुर नगरपालिकास्थित सडक निर्माणमा खटेको जिएस, साह जेवीको रोलरमा अज्ञात समूहले आगजनी गरी करोडांै मूल्य बराबरको को क्षति पु-याएको थियो।

सडक निर्माणमा लगाइएका एक्जाभेटरमा आगजनीको शृंखला निरन्तर बढेको भए पनि अहिलेसम्म दोषी पक्राउ भने पर्न सकेका छैनन्। विकास निर्माण अवरुद्ध पार्ने नियतले एक्जाभेटरमा आगजनीको घटना नियोजित किसिमले बढेको प्रदेश सासंद कुन्दन कुशवाहाले बताए।

एक हप्ताअघि कटहरिया नगरपालिकाको एउटा सडकमा ग्राभेल बिछ्याउने काम चलिरहँदा करिब दुई दर्जनले आक्रमण गरेका थिए। बडेरबा र विर्ती टोल जोड्ने सडकलाई ग्राभ्रेल गरिरहँदा अन्यत्रबाटै दुई दर्जन व्यक्ति आई श्रमिकहरूमाथि आक्रमण गर्न खोज्दा मेयर सियाराम कुशवाहा प्रहरी गुहार्दै घटनास्थल पुगेपछि आक्रमणकारी भागेका थिए। आक्रमण गर्ने व्यक्तिहरू स्थानीय नभएको मेयर कुशवाहाको भनाइ छ।

मानव विकास सूचकांकमा देशकै सबैभन्दा पछाडि परेको जिल्लाका रूपमा परिचित रौतहटको विकास निर्माणमा राजनीति हुँदा गति लिन नसकेको जिल्लावासीको भनाइ छ। विकास निर्माणमा सहयोग गर्नुको साटो नियोजित ढंगले बलजफ्ती राजनीतिक प्रतिशोध लिन नियोजित आक्रमण हुने गरेको हो कि भन्ने प्रश्न नागरिक समाजको रहेको छ। घटनाका दोषी पक्राउ नपर्दाए आक्रमण गर्ने र त्यसको कारण भने पर्दाफास हुन सकेको छैन।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App