बम आतंक फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन

सोमबार, १३ जेठ २०७६, २२ : ५१ नागरिक

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

अध्यक्ष दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिए। सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रको आवश्यक्ता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा अन्ततः सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको तर्क पनि गरे। 

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउँदै समाजवादको यात्रा तय गर्ने बाटोमा मिलेर काम गर्न पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गरे। ‘हामी सबै मिलेर विकास, निर्माण र समृद्धिको कामलाई तीव्रता दिएर मुलुकलाई समाजवादको बाटोतिर नयाँ ढंगले अघि बढाउन जरुरी रहेको दाहालको भनाई थियो।

अध्यक्ष दाहालले संसदमा पेश गरिएको मिडिया काउन्सिल सम्बन्धि विधेयक आवश्यक परिमार्जनसहित पारित हुने पनि स्पष्ट पारे। उनले राष्ट्रिय एकता र समृद्धिमा केन्द्रित भएर कलम चलाउन पनि संचारकर्मीहरुलाई आग्रह गरे। थप जानकारीका लागि हेर्नुहोस भिडियो:








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad