८ वैशाख २०८१ शनिबार
भिडियो

हिंसा त हामी नियन्त्रण गर्छौं गर्छौं

काठमाडाैं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन्।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकारपछि नहट्ने पनि स्पष्ट पारे। उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहो-याए।

मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बाँस्कोटाको भनाई छ।

सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने बताउँदै उनले शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढ्ने बताए।

मन्त्री बाँस्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पारे। 
त्यस्तै नेकपाका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि विप्लव समूह सँग वार्ता गरेरै निकास खोजिने बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो: 

प्रकाशित: १३ जेष्ठ २०७६ १६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App