८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख तीन दलकाे बैठक बालुवाटारमा जारी

बैठकमा सहभागी प्रधानमन्त्री, कांग्रेस सभापित र एमाले अध्यक्ष। तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे अाह्वानमा बैठक बसेकाे हाे। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका  अध्यक्षकाे सहभागिता रहेकाे छ। बैठकमा संविधान संशोधन तथा आगामी चैतमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले हस्ताक्षर गरी अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस माओवादी केन्द्रसँग सशंकित बनेको छ। कांग्रेसले दुई कम्युनिष्ट पार्टी मिलेर आफू विरुद्ध षड्यन्त्र गरेको हुन सक्ने भन्दै कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्।

बैठकमा महाभियोग प्रस्तावका विषयमा पनि छलफल हुने बताएको छ। संविधान प्रति असन्तुष्ट जनाइरहेका मधेसी मोर्चाले संविधान संशोधन गर्ने विषयमा महाभियोग प्रस्ताव ल्याएर मुख्य विषय ओझेलमा पार्ने काम भएको भन्दै आपत्ति जनाइरहेका बेला प्रधानमन्त्रीले संविधान संशोधन र चैतमा गर्ने भनिएको निर्वाचनमा विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
    

 

प्रकाशित: १० कार्तिक २०७३ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App