८ वैशाख २०८१ शनिबार
समाज

ग्यास बाल्ने क्रममा आगलागी, दुई गम्भीर घाइते

रुकुम– रुकुम (पश्चिम)मा घरमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिमा २ सिम्रुतु बजारका स्थानीय देबहादुर खड्काको घरमा सोमबार आगो लागेको थियो। घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गाउँपालिका १ का ४७ वर्षीय छत्रबहादुर ओली र उनकी पत्नी शारदा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। आगलागी भएको घरका सामान निकाल्ने क्रममा उनीहरु दुवै जना लडेका थिए। 

गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। आफन्तले हेलिकप्टर चार्टर गरेर उनीहरुलाई नेपालगञ्ज लगेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार घर आगलागी हुँदा करिब १४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

घर पूर्णरुपमा क्षति भएको छ भने घरभित्रका सामान पनि नष्ट भएको प्रहरीको भनाई छ। आगो करिब दुई घण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। बच्चाले घरमा रहेको ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७६ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App