चितुवाको छालासहित ३ पक्राउ

सोमबार, १३ जेठ २०७६, १९ : २० रमेश खतिवडा

दोलखा– सशस्त्र प्रहरीले चितुवाको छाला सहित सोमबार तीन जनालाई पक्राउ गरेको छ। 

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जिल्लाको विगु गाउँपालिका ४ लादुक क्षेत्रमा चितुवाको छाला विक्री गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीको १८ नम्बर गुल्म चरिकोटका इन्सपेक्टर सुमन कुमार विकको नेतृत्वमा खटिएको ११ जनाको टोलीले सोमबार बिहान चितुवाको छालासहित ३ जनालार्य पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा भीमेश्वर नगरपालिकाका मिलन गोले र जगदिश खड्का साथै विगु गाउँपालिकाका भीमबहादुर तामाङ छन्। उनीहरुलाई सोमबार दिउसो सदरमुकाम चरिकोटस्थित गुल्म हेड्क्वार्टरमा सार्वजनिक गरिएको थियो। 

गुल्मपति डिएसपी किरण कुमार कठायतले अभियुक्तहरुलाई सोमबार नै राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु बिभाग अन्तर्गत चरिकोट कार्यालयमा मुद्धा हेर्ने अधिकारी समक्ष पेस गरिएको जानकारी दिए। बिभागको चरिकोट कार्यालयका अधिकृत अमृत अधिकारीले अभियुक्तहरुलाई राष्ट्रिय प्रकृति तथा बन्यजन्तु ऐन बमोजिम मुद्धा चलाईने जानकारी दिए। 

दोलखामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएयता चितुवाको छाला बरामद भएको यो दोस्रो घटना हो। यस अघि सशस्त्र टोलीले दुई पटक सालकको खपटा समेत बरामद गरिसकेको छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad