coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रातकाे १० बजेपछि देउसीभैलाे खेल्न नपाइने

फाइल तस्बिरः देउसीभैलाे खेलिंदै

ताप्लेजुङ– जिल्ला प्रशासन कार्यालय ताप्लेजुुङले तिहारमा रातको १० बजेभन्दा पछि देउसीभैलो खेल्न नपाउने व्यवस्था गरेको छ। रातको १० बजेसम्म मात्र देउसीभेैलोलगायतका तिहारमा हुने साँस्कृतिक कार्यक्रम गर्न सकिने कार्यालयले सूचना जारी गरेको हो।

बुधवार एक प्रेश बिज्ञप्ती जारी गर्दै उसले रातको समयमा सुरक्षामा हुने प्रतिकुुल असर रोक्न यस्तो निर्णयमा पुुगेको कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा तिहार र छठलगायतका पर्वमा भुुईचम्पा, पटका र आतिसवाजी जस्ता बिस्फोटक पर्दाथको प्रयोग नगर्न सबैलाई सचेत गराइएको छ।

यस्ता बिस्फोटक पर्दाथको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा गंभिर असर पर्न जाने तथा चोटपटक लाग्ने र आगलागि भई ठूलो जनधनका क्षति हुने गरेको भन्दै प्रशासन कार्यालयले यसको नियन्त्रणमा जोड दिईएको जनाएको छ । बिज्ञप्तीमा यस्ता बिस्फोटक पर्दाथको उत्पादन, आयात, निर्यात, बिक्री  र प्रयोगमा कडाई गरिएको उल्लेख गर्दै वालबच्चाले गर्ने प्रयोग समेत तत्काल रोक्न आग्रह गरिएको छ ।

प्रशासनको अनुुरोधलाई बेवास्ता गरेर बिस्फोटक पर्दाथको प्रयोग वा निर्धारित समयपछि सम्म देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम गर्ने उपर कानुनी कारवाही गर्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: १० कार्तिक २०७३ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App