७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी हौं भन्दै व्यवसायी धम्क्याउने पक्राउ

काठमाडौं– आफू प्रहरी हो भन्दै धम्काएर पैसा लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घखाँची घर भइ काठमाडौं बस्दै आएका  ३० वर्षीय हरिलाल खनाल र सोही स्थानमा बस्ने १९ वर्षे कपिल रिजाल रहेका छन्।  उनीहरुले वनस्थलीमा बेकरीसप संचालन गर्दै आएका  विनोद नेपाललाई आफू प्रहरी भएको परिचय दिँदै ५ लाख मागेका थिए। 'तपाईको  वेकरीमा कुहिएको सामान विक्रि गर्नु हुन्छ' हामी मुद्धा चलाइदिन्छौ भन्दै नेपाललाई उनीहरुले धम्काएका थिए।

उनीहरुले नेपालसँग ५ लाख माग गरेपनि तत्काल १ लाख लिइ भोली १ लाख दिनु भनि धम्काएका थिए।  

प्रकाशित: १३ जेष्ठ २०७६ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App