coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आन्दोलनमा साथ दिन सबै पत्रकारलाई आचार्यको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन्।

अध्यक्ष आचार्यले महासंघको लोकतन्त्रको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, नागरिक अधिकारको पक्षमा सुरु गरिएको सो आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गरेका छन्। पत्रकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी गलत हुन सक्छ? अध्यक्ष आचार्यको तर्क थियो।

सहिद पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताको एजेण्डालाई लिएर सुरु भएको महासंघको आन्दोलनबाट आफूहरु विचलित नहुने दृढता पनि व्यक्त गरे। अध्यक्ष आचार्यले पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पछिल्लो समय सुरु गरेको आन्दोलन सफल भएरै छाडने दावी पनि गरे।

अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनलाई सफलतामा पु-याउन सबै पत्रकाहरुले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष आचार्यले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेयता मात्रै ३७ जना पत्रकार मारिएको उल्लेख गर्दै उनीहरुको हत्यारा पत्ता लगाई तत्काल कार्वाही गर्न पनि सरकारसँग माग गरे। महासंघले सशस्त्र द्वन्द्वकालयता वेपत्ता भएका ५ जना पत्रकारहरुको स्थिति सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App