नेकपाले नयाँ उचाइ हासिल ग-योः महासचिव पौडेल

सोमबार, १३ जेठ २०७६, १६ : ४७ नागरिक

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताएका छन्।

जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उनले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको बताए।

‘कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ’ उनले भने। नेता पौडेलले पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको बताउँदै आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिने धारणा राखे।

पार्टीको बहुमत जुटाउन सबै क्षेत्र र तहमा सङ्गठनलाई बलियो बनाउन कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने नेता पौडेलको भनाइ छ। गाउँ, नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउँदै उनले यसैका आधारमा बहुमत जुटाउन सहज हुने बताए।

‘हामीले तीनै तहका सरकारको नेतृत्व गरेका छौँ, हामीले जनताको मन जित्नेगरी काम गर्नुपर्छ’, उनले भने। पार्टीको भविष्य सङ्गठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीका लागि सबै तहका सङ्गठनलाई परिचालित गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे।

त्यस्तै पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न जरुरी रहेको बताए।

उनले कामबाट श्रेष्ठता हासिल गरेर जनाताको विश्वास जित्ने वातावरण तयार गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए। ‘सरकार बनाउने समाज बदल्नका लागि हो, समाज बदल्न सकिएन भने सरकारको नेतृत्व गर्नुको अर्थ रहँदैन’, उनले भने।

पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकमा समाजवाद स्थापना गर्न पार्टीको बहुमत जोगाउन जरुरी रहेको बताए। नेता भुसालले पार्टीमा श्रमजीवी वर्गको बहुमत रहेकाले त्यस्तो वर्गलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने बताए। 

उनले देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्ने बताए। ‘पार्टी बलियो बनाउन पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनुपर्छ’, उनले भने।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव निर्मल जिसी लगायतले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन तल्लो तहदेखि नै कार्यकर्ता एक हुन जरुरी रहेको धारणा राखे।

रुपन्देहीमा शिवराज सुवेदीको अध्यक्षतामा गठन भएको १ सय ७५ सदस्यीय कमिटीलाई पार्टी महासचिव पौडेलले शपथग्रहण गराएका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad