coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर बालकको मृत्यु

रुकुम– रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको सानीभेरी गाउँपालिका ११ का ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

गाउँमा करेन्ट लागेर गम्भीर घाइते बालकलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ। 

घरमा जडान गरिएको विद्युतबाट उनलाई करेन्ट लागेको थियो। मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App