८ वैशाख २०८१ शनिबार
समाज

हलेसी महादेवस्थानमा १९० केजीको घण्टा

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थानमा १९० केजीको घण्टा राखिएको छ । नन्दकुमारी घिमिरे प्रतिष्ठान बुईपा–८ खिरीले त्रि–धार्मिकस्थल हलेसीमा ढलोटको बिशाल घण्टा स्थापना गरेको हो।

खोटाङको बुईपा–८ खिरीका स्व. दम्पत्ती बमप्रसाद र नन्दकुमारी घिमिरेको नाममा ८ छोरा र ३ छोरीले संयुक्तरुपमा हलेसीमा घण्टा स्थापना गरेका हुन्। हलेसीको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले स्व. बाबुआमाको नाममा मन्दिरमा घण्टा राखिएको प्रतिष्ठानका अध्यक्ष मोहनप्रसाद घिमिरेले बताए।

कांग्रेस नेता नारायण खड्का र भारतीय राजदूत रणजित रायले हलेसीमा दर्शन गरेको ४ दिनपछि प्रतिष्ठानले घण्टा स्थापना गरेको हो । घण्टा महादेबस्थान प्रवेश गर्ने द्वारको दायाँतर्फ राखिएको छ। घण्टा स्थापना कार्यक्रमकै लागि राप्रपा नेपाल खोटाङका अध्यक्ष दिक्तेलबाट हलेसी पुगेका छन्।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटन प्रबद्र्धनकै लागि कात्तीक ६ गते नेता खड्काको बन्दोबस्तमा राजदूत राय हलेसी आएर दर्शन एवं अवलोकन गरेर फर्किएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बर भूजेलले बताए।  

प्रकाशित: १० कार्तिक २०७३ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App