८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए। विप्लव समूहको नेपाल बन्दको जनस्तरबाटै बहिस्कार भएको भन्दै शैक्षिक संस्था र लामो दुरीका सवारी साधनमा आंशिक प्रभाव रहेको उनले बताए। अपराधिलाई कानुनको कठघरामा ल्याउन कुनै कसर नराखिने उनले बताए।

थापाले जनसरकारको रुपमा विप्लव समूहले जनपरिषद गठन गरेको र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको समेत बताए।

आइतबार भएका वम विस्फोटका घटनाबारे संसदमा जानकारी दिँदै उनले  अहिले विप्लवको मुल निसाना उपत्यका बनेको बताए। आइतबारको घटनामा उपत्यकामा ४ जनाको मृत्य भन्दै उनले मृत्यु हुनेका नागरिक नभएर उनीहरुकै कार्यकर्ताको  भएको बताए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App