coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'संघियताविरुद्ध सरकार'

काठमाडाैँ - कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन्। पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्र्तगत आइतबार काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधि संघीयता र संविधानविपरीत रहेको दाबी गरेका हुन्।

संविधानविपरीत प्रधानमन्त्रीको अभिव्यक्ति र कार्यले मुलुकमा संवैधानिक संकटन निम्तिने अवस्था आएको जनाउँदै सिंहले भने, ‘प्रधानमन्त्रीको अंहकार र दम्भले संविधान केही हैन म जे बोल्छु त्यहिँ नै सबैले मान्नु पर्छ भने जसरी प्रस्तुत हुनुभएको छ। त्यो देश र जनताको हितमा छैन।’

जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले थपे, ‘काम होइन भाषणमा मात्रै सबै कुरा सीमित हुँदा सरकारप्रतिको आशा र अपेक्षा क्रमशः कम हुँदै गएको छ। आशा गर्ने ठाउँ अब केही बाँकी छैन।’

ओली नेतृत्व सरकार काण्डै काण्डमा फसेको आरोप लगाउँदै केन्द्रीय सदस्य बालकृष्ण खाँणले त्यसकाविरुद्ध सडकदेखि सदन र सदनदेखि सडकसम्म पार्टीको उपस्थिति प्रभावकारी बनाउनुपर्ने धारणा राखे। सरकारले प्रेस, मानवअधिकारसहितका सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिककरण गर्न सक्रिय रहेको पनि उनले धारणा राखे।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App