coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव कार्यकर्ताद्वारा ५ सवारी साधनमा आगजनी, जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्न निर्देशन

सुर्खेतमा आगजनी गरिएकाे बस । तस्बिरः नगेन्द्र उपाध्याय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दकला क्रममा ५ वटा सवारी साधनमा आगजनी भएको छ। 

प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार रामेछापको मन्थली नगरपालिका हात्तीचारबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको इटा लोड भएको टिप्पर, हेटौंडा उपमहानगरपालिका २ भीमफेँदी काठमाडौं सडक खण्डस्थित ना७ ख ९४९३ नम्बरको आइचर ट्रक, सुर्खेतको भेरीगंगा नगरपालिका ८ गोलेखोलास्थित ना २ ख ७४४४ नम्बरको यात्रुबाहक बस, नवलपरासीको कावासोती नगरपालिका १६ स्थित बा ३ च ९३ नम्बरको गुडिरहेको जिप, मकवानपुरको थाहा नगरपालिका १ कुलखोलास्थित ना ६ ख ८००७ नम्बरको ट्रकमा विप्लव समूहका कार्यकर्ताले आगजनी गरेर फरार भएका छन्। 

आगजनीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बन्द र आगजनीमा संलग्नलाई जहाँ भेट्यो त्यहीबाट नियन्त्रणमा लिने देशभरका प्रहरी युनिटलाई हेडक्वार्टरबाट निर्देशन दिइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App